Techie IT
Tuesday, May 11,2021 / मंगलबार, वैशाख २८, २०७८
×
गृहपृष्ठकला / मनोरञ्जनयसरी मनाइयो दही छ्याप्ने तौथली जात्रा (फोटोफिचर)

यसरी मनाइयो दही छ्याप्ने तौथली जात्रा (फोटोफिचर)


तौंथली, २३ असोज ।
जिल्लाकै पुरानो र ऐतिहासिक त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली बजार भव्य हुलहल्लाले भरियो । वृद्धवृद्धादेखि युवा जमात ठेकी र बाल्टीबाट अबिर मिसिएको दही निकाल्दै एकआर्कालाई छ्यापा छ्याप गर्नमा रमाइरहे । ‘जय जय ओम महादेवी’ भनेर (तान्त्रिक र मान्त्रिक पुजाविधिसहित ल्याइएका )६ वटा परम्परागत लिंगोमा पुजा, सगुन खुवाएपछि बजारबीचबाट दहीको होली सुरु हुन्छ ।
हजारौ संख्यामा जम्मा भएका सबै बुधवार रमाइलोमा डुबेर बजारभर दही छ्याप्दै नाच्दै गाउनमा मस्त देखिए । फेरि के थियो र जात्रा त्रिपुरासुन्दरी मन्दिरअगाडी पुगेर झनै ठुलो भयो । दुई घण्टाको दही छ्याप्ने जात्रा सकेपछि महादेवीलाई जगाउन लिंगो नचाउ“दै तरवार, खाडो, खुकुरी देखाएर नृत्य निकालियो । अनार्यकालिन मानिने ‘ललिता त्रिपुरासुन्दरी महादेवी’को मन्दिरमा जात्रा पुगिसक्दा बाटोभरी अनि छतभर हेर्नदेखि दही खुवाउने सबैतिर दही नै दहीले सेताम्मे भइसकेको देखिन्थ्यो ।
अब लाग्थ्यो दहीको छिटा नपरेको र दही नखाने मान्छे नै तौथलीमा भएनन् । मुलुकमै नभएको तौथलीको अनौठो दही जात्रामा जमिरहेका सबैको नृत्य दर्शन रोचक बन्यो । ‘महाकाली भगवती (ललिता त्रिपुरासुन्दरी )ले महिषासुरको वध गर्नुभएको खुशीयालीमा किराँतकालदेखि हालसम्म यहाँ दही जात्रा हुँदै आएको छ,’ त्रिपुरासुन्दरी गाउँपालिका वडा ५ तौथलीका अध्यक्ष विष्णुभक्त श्रेष्ठले भने । विष्णुका पुर्ण अवतार कृष्णाले होलिकालाई वध गरेर ‘होली पुर्णिमा’ मनाइएझै यह“ा महिषको अन्त्य भएको हर्षबढाई मनाइएको उनले उदाहरण दिए ।
दुई घण्टाको दही छ्याप्ने जात्रा सकेपछि महादेवीलाई जगाउन ६ वटा लिंगो नचाउदै तरवार, खाडो, खुकुरी देखाएर नृत्य निकालिन्छ । गुठियार, स्थानीयले भैसीगाई नथाकोस र सप्रिदै जाने कामनामा यसरी दही ल्याएर चढाउने गर्दैआएका छन् । ‘खासमा दही प्रसादको रुपमा बाडिएको हो, सबैलाई दिएर साध्य नहुने भएपछि चारैतिर छ्यापा छ्याप गरिन्छ,’ उनले भने । वडाबाट ३ लाख बजेट विनियोजन गरेर जात्रालाई सहजीकरण र मन्दिरको धार्मिक पुरातात्विक महत्वको प्रचार गर्न आफै जुटिरहेको उनले जनाए ।
हालै भुकम्पले भत्काएपछि टहराको मन्दिर बनाएर महादेवीको मुर्ति,गरगहना सुरक्षित राखिएको छ । आहिले पुरातत्व विभागले प्राचिन ललिता त्रिपुरासुन्दरी महादेवीको मन्दिरको आधी संरचना बनाइरहेको छ । हनुमान ढोका दिगु तलेजुका सात छोरी मध्ये कान्छी छोरी मानिने त्रिपुरासुन्दरी देवीको रोचक जात्रा ,पुजा र बली फुलपातीबाट सुरु हुन्छ । बिजयादशमीको फुलापतीको दिन मन्दिरकै मान्यताअनुसार त्रिपुराकै धुस्कुनका पहरी समुदायले तिन वटा माछा चढाउ“छन् । जसमा देविको कृपाले बा“चेको एउटा मात्रै माछालाई बली चढाएर यह“ाको पुजा सुरु हुन्छ । महाअष्टमीको दिन कालो रंगको बोकाको मात्रै बली दिइन्छ ।
अगुवा भक्तध्वज बोहोराकानुसार दशमीको रात यहा वर्षमा एकपटक मात्रै देखिने दुर्लभ भैरव,कुमारी,चण्डी,नांगानांिगनी, स्याल कहनजस्ता दर्जनौको नृत्य जात्रा हुन्छ । अनार्य कालमा जिउ“दो मान्छेको बली दिइने यह“ा पछिल्लो समय विभिन्न सन्त सुधारकले मनुष्यबाट मस्य बलीमा झारिएको थियो ।


यस्तो छ धार्मिक महत्व
बहुलाझै अनवरत हिडिरहेका महादेवले यह“ा पाइला टेकेलगत्तै केही सतीदेवीको शरिरको ‘कण्डोल’ अंग खसेकोले महाशक्ति पीठ बसेको धार्मिक मान्यता छ । यह“ा ललिता त्रिपुरासुन्दरी महादेवी प्रकट भएपछि अनार्य ,आर्यदेखि विभिन्न धर्म सम्प्रदायका ऋषिमुनी,साधकले यह“ा आएर तपस्या गरेको मानिन्छ ।

किन गरिन्छ देवीको पुजा ?
हिन्दु धर्ममा शक्ति ,प्रकृति ,माया ,भगवती वा नवदुर्गा भवानीको लागि अलग्गै व्याख्या पाइन्छ । नव दुर्गा भन्नाले नौ वटा किल्ला र तीनै किल्लाको रक्षा देवीले गरेको हुनाले समस्त ब्रम्हाण्ड सुरक्षित रुपमा चलिरहेको देवी पुराणमा उल्लेख छ ।
पौराणिक पुर्णचन्द्र पौडेलकाअनुसार दशमी महादेवि योग भएकाले नवरात्री तान्त्रिक ,साधकले यसलाई अझै महत्वपूर्ण ठान्छन् ।


क्याटेगोरी : कला / मनोरञ्जन, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस