शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारमेलम्ची खानेपानी आयोजना ः मुआब्जा लिन आएनन् स्थानीय

मेलम्ची खानेपानी आयोजना ः मुआब्जा लिन आएनन् स्थानीय


मेलम्ची, १७ असोज ।

मेलम्ची आयोजनाको दोस्रो खण्ड अन्तर्गत पाँचपोखरी थाङ्पाल गाउँपालिकाका विभिन्न वडाहरुमा प्रस्तावित आयोजना क्षेत्रभित्र पर्ने स्थानीयपासी मुआब्जा लिन अझै आएका छैनन् । पालिकाको ३७६ कित्ता जग्गा र सो जग्गामा पर्ने बोट विरुवा, बालीनाली, गोठ टहराको मुआब्जा वितरण गर्न सूचना निकाले पनि मुआब्जा लिन नआएका हुन् ।
आयोजनाले तोकेको मुल्य निकै कम भएको भन्दै मुआब्जाका लागि आफूहरु नआएको स्थानीयको भनाई छ । विभिन्न कारणले अहिलेसम्म मुआब्जा वितरण गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन् । मुआब्जा लगायतका विषयमा असन्तुष्टि जनाएर प्रभावित बासिन्दाले प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । तर, प्रमुख जिल्ला अधिकारी चेम्जोङले आफूले नै जग्गाको मूल्यांकन गरेकाले यसमा पुनरावलोकन गर्न नसक्ने बताइन् ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जेठ ३२ सूचना जारी गरेर तोकिएका कित्ताका जग्गाधनीलाई १५ दिनभित्र मुआब्जा बुझ्न भन्दै सूचना जारी गरेको थियो । यो आयोजना निर्माण गर्दा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको वडा नम्बर १ मा सबैभन्दा धेरै १५२ कित्ता जग्गा अधिग्रहण गर्नुपर्ने छ । वडा नम्बर २ मा ५५, ४ मा ४४, ८ मा ३६, ९मा ६ र वडा नम्बर ६ मा ४ कित्ता जग्गा अधिग्रहण गर्न लागिएको छ । आयोजनाको सुरुङ प्रवेश मार्ग, हेडबक्र्स, क्याम्स पाइसट, माटो थुपार्ने ठाउँलगायतका लागि जग्गा अधिग्रहण गर्न लागिएको हो ।
आयोजनाको प्रवेश मार्गका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएलगत्तै स्थानीय नेताहरुले चलखेल गर्न थालेको आरोप आयोजना पक्षले लगाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!