Techie IT
Sunday, October 25,2020 / आईतबार, कात्तिक ९, २०७७
×
गृहपृष्ठपर्यटन२४७ कृषकका पशुपंक्षीको स्वास्थ्योपचार

२४७ कृषकका पशुपंक्षीको स्वास्थ्योपचार


चौतारा, ११ असोज ।
पशु चौपायालाई विभिन्न रोगको संक्रमण लाग्न नदिन गरिएको पशुपंछी स्वास्थ्य शिविरमा दुई गाउँका दुई सय ४७ कृषकका पशुपंछीको स्वास्थ्योपचार गरिएको छ । कारितास जर्मनी र कारितास नेपालको सहयोगमा जनहित ग्रामीण सेवा समितिले सञ्चालन गर्दै आईरहेको जीविकोपार्जन र खानेपानी सरसफाइ तथा स्वच्छता पूनस्र्थापना परियोजना अन्तर्गत पशुपंछिलाई स्वास्थ्य उपचार प्रदान गरिएको हो ।
शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिका १ स्याउले र इन्द्रावती गाउँपालिका १ सिम्पालकाभ्रेका कृषकले पालेका पशुपंछीको उपचार गरिएको थियो । वर्षातको समयको समाप्ती सँगैै विभिन्न किसिमको रोगको संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै पशुपंछीलाई सेवा दिइएको जनहितले जनाएको छ ।
स्याउलेमा आयोजित शिविरमा राँगा, भैँसी, गाई, गोरु, बाख्रा कुखुरा, हाँस खरायो कुकुर आदिको स्वास्थ्योपचारको बारेमा परामर्श प्रदान गर्नुको साथै रोगको प्रकृति अनुरुप औषधी वितरण गरिएको थियो ।
उद्घाटन कार्यक्रममा चौतारा साँगचोकगढी नगरपालिका वडा नं. १ का अध्यक्ष सानुकान्छा श्रेष्ठले पशुपालन कृषकहरुको जीविकोपार्जको एक प्रमुख आधार भएको र पशु स्वास्थ्यको विषयमा ध्यान केन्द्रित गर्नका लागि कम्तिमा बर्षको एक पटक पशु स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने बताएका थिए । पशु स्वास्थ्य सँगसँगै भइपरी आउने घटनाबाट आर्थिक क्षतिलाई कम गर्न पशुपंक्षिको विमा पनि अनिवार्य गर्नुपर्ने विषयमा उनले जोड दिए ।
शिविर चौतारा साँगाचोकगढी नगरपालिकाका पशु स्वास्थ्य चिकित्सकको टोली मार्फत आयोजना गरिएको जनहितका कार्यकारी निर्देशक राजेन्द्र शर्माले जानकारी दिए ।


क्याटेगोरी : पर्यटन, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस