गृहपृष्ठ ∕ समाचार ∕ गाउँमै बर्थिङ सेन्टर खुलेपछि सेवा सहज गाउँमै बर्थिङ सेन्टर खुलेपछि सेवा सहज Sindhu Khabar असोज ११, २०७६ गते १२:३१ मा प्रकाशित हेलम्बु, ११ असोज । पहिलो सन्तानको रुपमा छोरा जन्मिँदा निकै सास्ती भोगेको त्यो समय अझ ताजै छ हेलम्बुका आशाराम तामाङलाई । आफूले पाएको दुःख मात्रै नभई काभ्रेको धुलिखेलमा मंहगो खर्च गरेपछि मात्रै उनकी श्रीमतीले छोरालाई जन्म दिएकी थिइन् । तर अहिले गाउँमै बर्थिङ सेन्टर खुलेपछि आशारामको दोस्रो सन्तानलाई जन्माउन उनकी श्रीमतीलाई कुनै अफ्ट्यारो भएन । आशारामको दाम्पत्य जीवनमा अर्काे छोराको आगमनपछि खुशी छन् । अहिले आफ्नै गाँउको स्वास्थ्यचौकीमा श्रीमतीलाई सुत्केरी गराउन ल्याउँदा खर्च बापत ८ हजार र सुत्केरीका लागि दालको दोहोरो सुविधा पाउँदा हेलम्बु गाँउपालिका महाकालका तामाङले स्थानीय तहले असल काम गरेको अनुभूति सुनाउँछन् । ‘पहिलाझैं सास्ती होला भन्ने मनमा डर थियो, तर अहिले निकै सहज भयो,’ आशाराम भन्छन्, ‘गाउँमै सजिलै सुत्केरी गराउन पाउँदा गाउँवासीले सिविधा पाएका छन् ।’ पहिलो छोराको जन्म काभ्रेको धुलीखेल अस्पातलमा हुदाँ धेरै सस्ती खेप्नुपरेको उनको दाम्पत्यको भोगाई छ । हेलम्बु गाँउपालिकाले सरकारले दिएको सुत्केरी भत्तामा थप ३ हजारको व्यवस्था गरेपछि गर्भवती महिलाहरुले गर्भअवस्थाको जाँचको लागि स्वास्थ्य चौकीमा नियमित आउने गरेको स्वास्थ्य चौकीकी अहेब जसमाया जिरेलको भनाई छ । ‘सुविधा पाएपछि र स्वास्थ्यबारे चेतना पाएकै कारण गर्भवती महिलाहरु स्वास्थ्य चौकी आउने क्रम बढेको छ ।’ उनले भनिन् । गर्भवती महिलालाई घरमै सुत्केरी गराउन नसकेको खण्डमा विकट गाउँवासीले डोकामा बोकेर अस्पताल या स्वास्थ्य केन्द्र लानुपर्ने बाध्यता अझै छ । हेलम्बु निकै विकट गाउँ हो । यहाँ पनि यस्तो अवस्था अझै रहेको गाउँपालिका उपाध्यक्ष कोपिला पण्डित बताउँछिन् । ‘यस्तो अवस्थाको अन्त्य गर्न गाँउपालिकाले आगामी बर्ष १५ लाखको बजेट छुट्याउने योजना छ ।’ उनले भनिन् । भूकम्पपछि जिल्लाको ७९ साविक गाविसमा रहेको स्वास्थ्यचौकीमा क्षति पुगेको थियो । अधिकांश गाउँमा बर्थिङ सेन्टर नहुँदा सुत्केरी समस्याका कारण सुत्केरी र बच्चाको मृत्यु हुने गरेकोसमेत थियो । मातृ र शिशु मृत्युदर रोक्नका नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले १४ वडा बर्थिङ सेन्टर सहितको स्वास्थ्यचौकी निर्माण गरेको कार्यालय प्रमुख राजकुमार लम्सालले जानकारी दिए । ८० वटा स्वास्थ्य चौकी माध्ये ४१ वटा स्वास्थ्यचौकी प्रसुतीगृह सहित सञ्चालन हँुदा गाँउकै स्वास्थ्यचौकीमा सुत्केरी आमाको सख्या बढ्दै गएको छ । क्याटेगोरी : समाचार ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेलम्चीकी थापा सेनामा प्रतिविद्राेह तथा जंगल युद्धकलाकाे तालिम गर्ने पहिलाे… चाैतारा, लामाेसाँघु, बाह्रबिसे क्षेत्रमा भाेलि ८ घण्टा बत्ती जाने इन्द्रावतीमा विद्युत चोरी गरे सुविधा रोक्का, काठको पोलमुक्त बनाइँदै नेपाल पत्रकार महासंघ केन्द्रको साधारणसभा फागुनकाे ४ र ५ मा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ६महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ७फेरि बन्द हुने भयाे ताताेपानी नाका ८दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा