Techie IT
Thursday, December 3,2020 / बिहीबार, मंसीर १८, २०७७
×
गृहपृष्ठसमाचारटहरामाथि पहिरो

टहरामाथि पहिरो


तातोपानी, ९ असोज ।

पहिरोको ढिस्कोमा थोत्रो जस्तापाता हटाउदै भाँडाकुडाँ खोजिरहेका भोटेकोसी गाउँपालिकास्थित कोदारी चौकीडाँडाकी मुकुजा तामाङ खुबै आत्तिएकी देखिन्थिन् । अविरल वर्षातले सीमाक्षेत्र चौकीडा“डाको माथिल्लो भुभाग विस्तारै बग्न थालेपछि उनको परिवारको सातो गएको छ ।

‘बल्ल तल्ल ऋणले बनाएको टहरा पनि पहिरोले पुरा बगायो, दैवले यसरी ठगेपछि के गर्नु,’ तामाङले भनिन् । भास्सिदै आएको माथिल्लो भुभागको पहिरो बस्ती छेऊ आउन थालेपछि त्रास फैलिएको उनले बताइन् ।

माथि डरलाग्दो पहिरो, तल भोटेकोशी नदी उर्लिएको सुन्दा यह“ाका २५ परिवारलाई रातदिन त्रासले सताउने गर्छ । चौकीडा“डाछेउकै ५ घर दिउ“सो नै पहिरोले बगाएपछि ढुक्क हुन नसकेको तल्लो चौकीडा“डा टोलका नवराज घतानीले दुखेसो गरे । ‘हामीलाई वर्षैपिच्छै अनेक विपत्तीले क्रमशः खेदिरहेको छ, जहाँ गएपनि आपत मात्रै आइलाग्छ,’उनले भने ।

भुकम्पले एकै झट्कामा पुख्र्यौली घर भत्काएपछि पालमा गुजारा गरिरहेका यह“ाका स्थानीयलाई ०७३ मा भोटेकोशी बाढीले कटान पारेर लेखेट्यो । आफ्नो भएको जमिन बाढीले बगाएपछि अलपत्र परेका पीडित परिवार चौकीडाडाको जग्गामा आश्रय लिएर बस्दै आएका थिए । ‘ यह“ा पनि पहिरोले बस्न नदिने भयो,कह“ा जाने भन्ने कुराले दिक्क बनाएको छ, ’ उनले भने ।

सीमाक्षेत्र तातोपानी क्षेत्रको अधिकाशं गाउ“भर पहिरोले समस्या ल्याएपछि सुरक्षा र उद्धार गर्नको लागि तैयारी लिइरहेको सीमास्थित सुरक्षाकर्मीले जनाएका छन् । पहिरो हेर्दै तल्लो बस्तीमा आश्रय लिएर  बसिरहेका ५ परिवार छिमेकीको घरमा पनि असुरक्षित भएको महसुस गर्छन् । माख्लो भागबाट बस्तीलाई पहिरोले छोप्दै ल्याएपछि चौकीडाडाबासी बिचल्लीमा परेको त्यह“ाका जनप्रतिनिधिले बताएका छन् ।

विस्थापीतलाई सुरक्षित स्थानमा लगिएपनि सम्पूर्ण सुविधाको व्यवस्था गर्न नसकेको भोटेकोसी गाउ“पालिकाका प्रमुख राजकुमार पौडेलले बताए । ‘गाउ“पालिकाक्षेत्रभरको तंथ्याक संकलन गर्दैै यही अभियानलाई अगाडी बढाएका छौ, तर उनीहरुले चाहेजस्तो समाधान हुन सकेको छैन्,’उनले भने ।

तत्कालै केही सहयोगको व्यवस्था गरिएपनि विस्थापीत परिवारको लागि आवश्यक सुविधा जुटाउन गाउ“पालिकाको बजेट पर्याप्त नभएको उनको भनाइ छ । ‘यसको लागि प्रदेश,केन्द्रिय सरकारले पनि चासो दिन जरुरी छ,’ उनले भने ।

जिल्लाको भोटेकोशीको लिस्तीकोट, मार्मिङ, झिर्पू, तातोपानी, दुगुनाका बाह्रबिसे नगरको सिर्गाचेदेखि जुगल गाउ“पालिकाको बराम्चीको दर्जनौ गाउक्षेत्रको भुभागका हजारौ परिवार अझै पहिरोमुनी बस्न बाध्य छन् । विस्थापीत र पहिरोमुनी बसिरहेका पीडितलाई पहिचान गरेर निषेधित क्षेत्र तोकिएपनि स्थानन्तरण र पुर्नस्थापनाको काम नगरिएको पीडितवर्गको आरोप छ ।

विस्थापितलाई सुरक्षित स्थानमा सार्दै लालपुर्जाको प्रक्रिया भइरहेको भएपनि केही स्थानमा अन्योलता बनेको जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान तथा पूर्वाधार) ले जनाएको छ । ‘आवश्यक पहलकदमी लिएर पुनर्निर्माणलाई गति दिइरहेका छौ, कतिपय स्थानमा भने यस्ता समस्या भने अझै देखिएको छ,’ जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान तथा पूर्वाधार) का सुजन केसीले भने ।

जिल्लाभरका नौसय १३ जना विस्थापीत रहेको र दुई सय ३२ परिवारको लागि विभिन्न स्थानमा जग्गा खरिद प्रक्रिया भइसकेको उनले प्रष्ट्याए । जानकारीकै अभावले गर्दा पहिरोमुनी आवास बनाइरहेका भुकम्पपीडितले कानुनी झमेला व्यहोरिरहेको भुकम्पपीडितमाझ कानुनी प्रक्रियामा कार्यरत राष्ट्र निर्माण मंञ्च नेपालले जनाएको छ । ‘जिल्लाभर अनुदान छुट्नेदेखि पहिरोमुनी आवास, कानुनी मापदण्डबारे पर्याप्त सुचना नपाएको देखिन्छ,’ राष्ट्र निर्माण मंञ्च नेपालकी सिन्धुपाल्चोकको संयोजक अन्जुकला राईले भनिन् । भोटेकोसीको लिस्तीकोटजस्तै विभिन्न स्थानका एकसय ५४ परिवारले पहिरोमुनी घर बनाइसकेका छन् । जुन विषयमा के गर्ने अन्योल बनेको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस