Techie IT
Wednesday, August 4,2021 / मंगलबार, साउन १९, २०७८
×
गृहपृष्ठराजनीतिडा. शेखर कोइराला चौतारामा, ७० सेनानी सम्मानित हुँदै

डा. शेखर कोइराला चौतारामा, ७० सेनानी सम्मानित हुँदै


चौतारा, ९ असोज ।
प्रजातन्त्र प्राप्तिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपाली कांग्रेसका सेनानीहरु सम्मानित हुने भएका छन् । प्रजातन्त्र सेनानी संघद्धारा आयोजित एक कार्यक्रममा ७० सेनानी सम्मानित हुन लागेका हुन् । जिल्ला सदरमुकाम चौतारामा आज नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबाट सेनानीहरु सम्मानित हुनेछन् ।
कार्यक्रमका संयोजक तथा नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व सभापति भूपेन्द्र थापाका अनुसार यो कार्यक्रममा तत्कालीन सशस्त्र द्धन्द्धमा मारिएका नेपाली कांग्रेसका ८ कार्यकर्तालाई पनि मरणेपरान्त सम्मान गरिदैछ । मरणोपरान्त सम्मान गरिने कार्यकर्ताका परिवारले सम्मान ग्रहण गर्नेछन् ।
डा. कोइरालाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल, गाउँपालिका महासंघका महासचिव एवं इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ, तरुण दलका जिल्ला अध्यक्ष दोर्जे लामा हाउडे, विद्यार्थी नेता बलदेव तिमिल्सिनालगायत कार्यक्रममा उपस्थित हुनेछन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!