शनिबार, असोज ६, २०८०
गृहपृष्ठपर्यटनठडियो ऐतिहासिक दुगुनागढी

ठडियो ऐतिहासिक दुगुनागढी


तातोपानी, ८ असोज ।

हिमाली हरियो डाडाबीच घेरिएको एउटा चिटिक्क गढ पर्खाल, पुरानै शैलीका ढुंगाले बनेको भवन,गोदामस्थल । हालै ठडिएको भोटेकोशी गाउपालिकाको ऐतिहासिक दुगुनागढीस्थल पुग्ने जोकोही (गढी बनेको समय) एकसय ६० वर्ष पछाडी फर्किएको अनुभव गर्छन् । प्रदेश सरकारको ३० लाख बजेटमा स्थानीय सरकारको सक्रियतामा दुगुनागढीलाई पुरानो स्वरुपमा ठड्याइसकेपछि आर्कषणको केन्द्रबिन्दु बन्न पुगेको भोटेकोसी गाउ“पालिका वडा ३ का अध्यक्ष कैलाश पौडेलले जानकारी दिए ।
‘गढीमा तोप ढुंगा (तोप प्रहार गर्ने स्थल जह“ा पाइलाको चिन्ह देखिन्छ) , घोडा टाप छापदेखि गोलघर वा गोदामस्थललाई पहिलेकै अवस्था ल्याइएको छ ,’ पहिलो पटक बनाइएको भनिएको पुरानो दुगुनागढीको ‘जंगे तोप ढुंगा’ देखाउदै पौडेलले भने । एकसय ६० वर्ष पुरानो ठुलो दुगुनागढी पूर्ण रुपमा उभिसकेपछि यह“ा हेर्न आउनेको लर्को लाग्न थालेको छ ।
पहिले झै प्राचिन स्वरुपमा त्यह“ाकै ढुंगा राखेर बनाइएकाले पुरानै संरचनाको महसुस हुने गरेको छ । पर्खाल भत्किएकै स्थानबाट उठाएर त्यही प्रयोग गरिएकोले दुुगुनागढीको शोभा बढेपछि स्थानीय दंग परेका छन् । वि स १९१२ मा भएको नेपाल र तिब्बतीबीच भएको लडाईमा नेपालको युद्ध सुरक्षाको लागि तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले उक्त गढी निर्माण गरेका हुन् । ‘त्यह“ाको शिलालेख पहिलेकै स्थानमा जोडर राखेर निर्माण सकेका छौ, त्यसले यसको शोभा झनै बढाएको छ,’दुगुनागढीलाई प्रचारमा ल्याउन अभियान चलाइरहेका भोटेकोशी गाउपालिकाका प्रमुख राजकुमार पौडेलले भने ।
भुकम्पको पराकम्पनले दुगुनागढीको प्रत्येक छेउको संरचना धाजा फटाउदै ध्वस्त बनाएको थियो । अघिल्लो आर्थिक वर्ष दुगुनागढीलाई बजेट राखेर आर्कषक बनाउदै लैजाने पर्यटकीय गुरुयोजना बनाइसकेको प्रमुख पौडेलको भनाइ छ । ‘सानो गढीबारे अध्ययनलाई अगाडी बढाएका छौ, ठुलो गढी निर्माणले चर्चा बटुल्दैछ,’उनले भने ।
नेपालको ऐतिहासिक १० गढीमध्ये एक मानिने दुगुनागढीको मौलिकता फर्काउदै आफै स्थानीय आफै स्थलगत संरक्षणमा जुटिरहेका छन् । अत्याधुनिक सुख्खा बन्दरगाहछेउको पुल तरेपछि पुगिने रमणिय दुगुनागढीबाट चारैतिरका पहाडी भेग ,नदीनालाजस्ता सुन्दरत दुश्यहरु नियाल्न सकिनेछ ।
करिब ४२ सय वर्गमिटर फराकिलोमा फैलिएको उक्त गढीमा सिडिएमए टावर देखि विभिन्न हाउसवायर समेत जडान गरिएका छन । वरिपरी रहेका विशाल ढुंगामा पहराको खोचमा तत्कालिन समयमा युद्ध गर्दा जंगबहादुरले सुरक्षाको लागि गढी बनाएका थिए । त्यहाबाट युध्दको क्रममा तिब्बती भेगमा तोप समेत प्रहार गरिएको बुढापाका बताउछन् । पुरातत्व विभागले गढीसम्बन्धी तंथ्याकमा दुगुनागढीलाई विशेष महत्व दिएकाले भुकम्पअघिसम्म दुगुनागढी मर्मतसम्भारको नेपाली सेना , सशस्त्र प्रहरी बेलाबेलामा जाने गर्दथ्ये ।


क्याटेगोरी : पर्यटन, समाचार, समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!