सिंगो गाउँमा मातृभाषा मात्रै

चौतारा, ७ असोज-ठूली तामाङ (९६)ले धेरै वर्षपछि नेपाली भाषा बोलिन्–‘हाम्रो यहाँ सबैले तामाङ भाषा बोल्छन्, नेपाली बोल्न बिर्सन थालिएछ ।’ तामाङ लवजमा उनले भनिन्, ‘यो भन्दा अगाडि कहिले बोलिएको थियो, याद भएन ।’ कारण उनी बसोबास गर्ने हेलम्बु गाउँपालिका–५ मा रहेको छाजोगाङ बस्तीमा कसैले पनि नेपाली बोल्दैनन् । उनीहरु आफ्नै मातृभाषा प्रयोग गर्छन् ।
२०५० सालमा नेपाली बोल्नुपर्ला भनेर बाहिरबाट आएको मान्छे देख्दा लुक्ने गरेको सम्झ“दा तामाङ अहिले दंग पर्छिन् । ‘उबेला त झन बाहिरबाट आउनेहरुस“ग नेपालीमा या अन्य भाषामा बोल्नुपर्छ भनेर भाग्थ्यौ, बोल्नु नै परेदेखि तामाङ नभए बोल्दैनथ्यौ,’ उनले भनिन् । यो गाउँमा तामाङबाहेक अरु भाषा बोल्न रुचाइ“दैन् । तामाङ समुदायको बाहुल्यात रहेको बस्ती ‘छाजोगा“ङ ’को अर्थ नै हो प्रकृतिमय डा“डा । पुख्र्यौली संस्कृति र मान्यता जोगाउन छाजोगा“ङमा तामाङ भाषा मात्रै बोल्ने गरिएको हो ।
‘यो पुख्र्यौली तामाङ परम्परा हो, भाषा नरहे हाम्रो अस्तित्व रहन्नजस्तो लाग्छ , त्यसैले यसलाई दैनिकी बनाइसकेका छौ,’ हेलम्बु–५ का ७० वर्षे लालबहादुर तामाङले भने । यह“ाको हरेक घरअगाडी बौद्ध परम्पराको ध्वजा ‘दर्जो’ झण्डा , पूजा कक्षमा कुलदेवता ‘लत्यान्जे’लाई पुज्छन् । बोल्दा पवित्र होइने विश्वासमा आफ्नै खास भाषा प्रयोग गर्ने यह“ाका तामाङ परिवारले ७ पुस्ताको पुर्खा र नौ थरीका देवतालाई खुब मान्ने उनले सुनाए ।
मण्डल बनाएर धामीझा“क्री तामाङ भाषाकै मंन्त्रले कुलदेव ‘लत्यान्जे’ ,गुरु रेन्पोछे, बुध्ददेखि हिमालका देवता महादेवलाई पुकार्छन् । भूकम्प आउ“दा सबै देवतालाई पुजेको सुनाउ“दै ठूली भन्छिन््, ‘केही विपत आइलागे कुलदेव लत्यान्जे, चुनिङ, सोल्फुजीलगायतका ९ वटा देवतालाई एकैसाथ बोलाइन्छ, त्यसपछि हाम्रो सबै समस्या टर्छ ।’ छाजोगा“ङमा आउने र जाने हरेक पाहुनलाई शुभम् ‘ज्यावा मुला’ भन्दै दोसल्ला र मालाले तामाङ भाषामै सम्मान (स्वातग÷बिदा) गर्ने गरिएको छ । ‘तामाङ भाषा बोल्नुपर्छ भनेर बाध्यताकारी नियम त छैन् तर, तामाङ सम्प्रद्धायको यो पुख्र्यौली मान्यतालाई पूरा गाउ“ले मानेका छौ ।’ लालबहादुरले थपे ।
छाजोगा“ङबाहेक वरीपरी खरबुजे, सिरिसे गरी उच्च भेगका गाउ“भर दुईसय तामाङ परिवारको बसोबास छ । भूकम्पको चारवर्षलगत्तै अधिकाशंले रंगिन जस्तापाता प्रयोग गरेर भुकम्पप्रतिरोधी ठडाइसकेका घरमा तामाङ संस्कृतिअनुरुप सि“गारेका छन् ।
तामाङ समुदायको मुल थलो हुनाले ठेट् तामाङ भाषा बोलिने प्रचलन पुख्र्यौली रुपमा सर्दै आइरहेको हेलम्बु गाउ“पालिका वडा ५ का अध्यक्ष हर्कबहादुर तामाङले बताए । ‘सडक संञ्जाल जोडिएपछि मात्रै केहीले नेपाली, अंग्रेजी भाषा पनि प्रयोग गर्न थाले, नत्र त पहिले अरु भाषा बुझ्न्े मान्छे पाउनै मुस्किल हुन्थ्यो,’ वडाध्यक्ष तामाङले भने । १६ वर्षअघिसम्म तामाङबाहेक अन्य भाषा नबुझ्ने समस्या गाउ“मा रहने गरेको उनले प्रष्ट्याए । ‘अब भने त्यस्तो छैन्, तर धार्मिक मान्यतालाई मान्ने भएकाले तामाङ भाषा बोल्ने गरिन्छ ।’ उनले भने ।
ह्योल्मो क्षेत्रको रुपमा चिनिएको हेलम्बुको इचोक ,महाकाल,पाल्चोकसम्म तामाङ बस्ती फैलिएको छ । इन्द्रावती गाउ“पालिकाको नवलपुर, सिम्पालकाभ्रे, बाह्रबिसे नगरपालिकाको घुम्थाङ, कर्थली, घोर्थलीजस्ता उच्च हिमाली गाउ“मा तामाङ जातीको बाक्लो बस्ती पाइन्छ ।
देवालीमा तामाङ भाषा अनिवार्य
तामाङ समुदायले आफ्नो ‘देवाली पुजा’मा तामाङ भाषाबाहेक अरु प्रयोग गर्न वर्जित मान्ने गर्छन् । संस्कृति जगेर्नाको लागि जुनसुकै पुजा,कर्मकाण्डमा तामाङ भाषाको प्रयोग हुने गरेको नेपाल तामाङ घेदुङ संघको पूर्व केन्द्रिय सचिव वंशलाल तामाङ सुनाउ“छन् । ‘यसले तामाङ सेरिफेरिलाई भाषागत पहिचान दिएको छ,यसको मुल्यमान्यता सम्झाएको छ,’ गाउ“पालिका महासंघका महासचिव र इन्द्रावती गाउ“पालिकाका अध्यक्ष रहेका उनले भने ।
भौगोलिक रुपमा स्थानपिच्छै भाषा फरक रहने गरेपनि मौलिकता लगभग एकै हुने गरेको पाइएको उनले प्रष्ट्याए । ‘तामाङ संस्कृतिको आफ्नै छुट्टै महत्व छ, यसलाई जगेर्ना जरुरी देखिन्छ ।’ उनले भने ।
फोटो ः हेलम्बु गाउ“पालिका वडा ५ स्थित माथिल्लो छाजोगा“ङसहित तल्लो तामाङ बस्ती ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस