Techie IT
Saturday, January 23,2021 / शनिबार, माघ १०, २०७७
×
गृहपृष्ठसमाचारवृद्ध दाजुभाईको बिजोग

वृद्ध दाजुभाईको बिजोग


भोटसिपा ७ असोज-बुढ्यौली शरिरमा च्यातिएको थोत्रो कपडा । चार वर्षको घाम पानीले टहराकोे जस्तापाता जताततै प्वाल परिसकेका छन् । बिहानबेलुकीको छाक पाउन मुस्किल हुने भएपछि आ“खा र शरिर सुन्नि“दा हिडडुल गर्न हम्मे पर्ने गर्छ । इन्द्रावती गाउ“पालिका वडा १० का बडहरेका वृद्ध दाजुभाई तुलसीदास र बलराम श्रेष्ठ अवस्था हेर्दा जोकोही पगालिन्छ ।
‘छाकको जोहो गर्नमै दिन जान्छ, यस्तै लेखेको रहेछ,’ ८६ वर्षे तुलसीदासले मनको बह पोखे । २०६२ सालमा वरीपरी भएको जग्गामा खेतीपाती गरेर श्रेष्ठको ५ जना दाजुभाई जीवन गुजारा चलाउथे । जेठा र माइला तराई पुगेर बिहेबारी चलाए । यता बुबाआमा र आफैलाई विभिन्न समस्या पर्दा लिएको ऋण थुप्रियो । भूकम्पले पुख्र्यौली घर ढलाएपछि झनै नराम्रो दिन सुरु भयो । घर वरीपरीको जग्गा बेच्दै ऋण तिर्दै जाँदा आफु कंगाल भएको थाहै पाएनन् । ‘धेरैको वचन सहन नसकेपछि सबै बेचेर ऋण तिरिदियौ, तर आफु बस्नुपर्ने जग्गाको बारेमा सोचेनौ, आहिले दिक्क लाग्छ,’ ८२ वर्षे बलरामले त्यतिबेलाको समय सम्झे । जेठा र माइला उतै बितेको र केही समयअघि साइला भाईको मृत्यु भएको उनले सुनाए ।
दयनिय अवस्थामा बाचिरहेका दाजुभाई कसैले केही जग्गा सहयोग गरिदिए चिटिक्क परेको आवास बनाउने योजनामा छन् । ‘दिनरात यो बुढो शरिर घोटाएर भएपनि घर बनाएर छाड्थ्यौ, जग्गा किन्ने आर्थिक हैसियत पनि छैन, सानो घरको सपना मात्रै देखेर मरिन्छ जस्तो छ,’उनले भने ।
आर्थिक रुपमा कमजोर भएको कारणले दाजुभाईले विवाह नगरेको दाजु तुलसीदास सुनाउ“छन् । केही कुखुरा र बाख्रा पालन गरेर आवास बनाउन रकम जम्मा गर्दै आएका उनीहरु आफ्नो शरिरले भ्याएको ज्याला मजदुरी गरिरहेका छन् । ‘बुढेसकालमा हरियो काक्रो’ किन चाहियो घर भनेर केहीले गिज्याइरहेपनि आफ्नो सुर नछोडेको दुवै दाजुभाईको भनाई छ । मर्नुअघि सुरक्षित घरमा बस्ने इच्छा राखेका उनीहरुले दैनिक भगवानस“ग पुजा प्रार्थना गर्ने गरेका छन् ।
दुवै वृद्धअवस्था भएकाले बिरामी हुने कारणले स्थानीयले आवश्यक सहयोग गर्दै आएका छन् । त्यसबारे सबै समस्या बुझेपछि दुवै वृद्ध दाजुभाईलाई वृद्धआश्रमा लैजान खोजेको इन्द्रावती गाउ“पालिकाका अध्यक्ष वंशलाल तामाङले बताए । ‘उह“ाहरुको त्यही घर बनाउने इच्छा देखिएको छ, त्यसको लागि पहल गर्दैछौ,’उनले भने ।
आवास अनुदान उपलब्ध भएपनि घर बनाउने जग्गा नभएको कारणले दुवै अन्योलमा परेको उनले प्रष्ट्याए । इन्द्रावती गाउ“पालिकाभर रहेका एकल महिला पुरुष, वृद्धवृद्धादेखि अपांग,अशक्त वर्गलाई सहज बनाउन कार्यक्रम सुरु गरिसकेको उनको भनाई छ । ‘दुवै दाजुभाईलाई स्याहारसुसार गर्ने प्रबन्धको लागि जुट्नेछौ,’उनले भने ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस