आईतबार, फागुन ४, २०८१
गृहपृष्ठसमाचारअटो ट्याम्फु दुर्घटनामा १ को मृत्यु, ७ घाइते

अटो ट्याम्फु दुर्घटनामा १ को मृत्यु, ७ घाइते


 

सिन्धुली — मरिण गाउँपालिका ४ सानमा बुधबार बेलुका ट्याम्फु दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । मरिण गाउँपालिका ६ नयाँ बस्तीबाट सानतर्फ जाँदै गरेको ना १ ह ४६४९ नं को अटो अनियन्त्रित भई सडकबाट खस्दा सोही गाउँपालिका ३ की ३७ वर्षीय शान्तिमाया योन्जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइतेको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!