गृहपृष्ठ ∕ समाचार ∕ सियान पुगिन् राष्ट्रपति सियान पुगिन् राष्ट्रपति admin वैशाख १२, २०७६ गते २:०१ मा प्रकाशित काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी चीनको ९ दिने राजकीय भ्रमणका क्रममा बुधबार सान्सी प्रान्तको सियान पुगेकी छन् । राष्ट्रपतिको टोलीलाई सियान विमानस्थलमा उक्त प्रान्तका उपगभर्नर हु मिङल्याङ, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल र नेपालका लागि चिनियाँ राजदूत होउ याङकीले स्वागत गरेका थिए । चीनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालका अनुसार राष्ट्रपति भण्डारीसँग बिहीबार सान्सीका गभर्नर लिउ गोजङले भेटवार्ता गर्नेछन् । त्यसपछि भण्डारी बेइजिङका लागि प्रस्थान गर्नेछिन् । बेइजिङमा हुने बेल्ट एन्ड रोड इनिसियटिभ्स -बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन राजकीय भ्रमणमा निक्लेकी राष्ट्रपति भण्डारी शुक्रबार बेइजिङमा हुने बेल्ट एन्ड रोड इनिसियटिभ्स -बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा एक सय देशका प्रतिनिधिले भाग लिँदैछन् । शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङले ३७ देशका राष्ट्र तथा सरकार प्रमुखबीच राउन्ड टेबल बैठक गर्दैछन् । त्यसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, म्यानमारकी स्टेट काउन्सिलर आङसान सुकीलगायत चर्चित नेता पनि सहभागी हुँदैछन् । भण्डारीले उक्त राउन्ड टेबल बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । यसअघि बुधबार बिहान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । राष्ट्रपति यही वैशाख १९ गते स्वदेश र्फकने कार्यक्रम छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेलम्चीकी थापा सेनामा प्रतिविद्राेह तथा जंगल युद्धकलाकाे तालिम गर्ने पहिलाे… चाैतारा, लामाेसाँघु, बाह्रबिसे क्षेत्रमा भाेलि ८ घण्टा बत्ती जाने इन्द्रावतीमा विद्युत चोरी गरे सुविधा रोक्का, काठको पोलमुक्त बनाइँदै नेपाल पत्रकार महासंघ केन्द्रको साधारणसभा फागुनकाे ४ र ५ मा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ६महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ७फेरि बन्द हुने भयाे ताताेपानी नाका ८दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा