गृहपृष्ठ ∕ समाचार ∕ विस्फोटका आरोपी ६ जनालाई पुर्पक्ष थुनामा राख्न जिल्ला अदालतको आदेश विस्फोटका आरोपी ६ जनालाई पुर्पक्ष थुनामा राख्न जिल्ला अदालतको आदेश admin वैशाख १०, २०७६ गते १६:१९ मा प्रकाशित काठमाडौँ — जिल्ला अदालत ललितपुरले नख्खुस्थित एनसेलको टावर विस्फोटका आरोपीहरुलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश अवनी मैनाली (भट्टराई)को इजलासले चन्द समूहका नेता हेमन्तप्रकाश ओलीसहित ६ जनालाई पुर्पक्ष थुनामा पठाएको अदालतका स्रेस्तेदार चन्द्रप्रकाश तिवारीले बताए । महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी काभ्रेबाट खटिएको टोलीले नख्खुस्थित एनसेल कार्यालय बाहिर भएको विस्फोटमा संग्लन भएको आरोपमा गत चैत ९ गते काभ्रेबाट नेत्रविक्रम चन्द समूहका तेस्रो वरीयताका नेता हेमन्तप्रकाश ओलीसहित नौ जनालाई पक्राउ गरेको थियो । अदालतमा पेस गरिएकाहरुलाई प्रहरीले कर्तव्य ज्यान, बम विस्फोट र राज्य विरुद्धको अपराधमा मुद्दा चलाएको छ । प्रहरी परिसर ललितपुरले घटनाको बेलाको सिसिटिभी फुटेज र प्रतिवादीहरुसँग प्रहरीले गरेको बयानको भिडियो सामाग्री पनि अदालतमा बुझाएको छ । प्रहरी स्रोतका अनुसार सिसिटिभी फुटेजमा प्रतिवादीहरु सूर्य भुजेल र जुम्ली भनिने वीरबहादुर खडायतलाई पनि देखिएको छ । प्रहरीले वीरबहादुरले बमलाई एनसेलको कार्यालयभित्र लगेर राखेको समेत देखिएको भन्दै उनीमाथि आरोप लगाएको थियो । उक्त घटनामा ओलीसहित रामकृष्ण खतिवडा, शिव धिमाल, दयाहाङ भनिने डिकेन्द्र राई, ईश्वर दमाई, जुम्ली भनिने वीरबहादुर कडायतलाई थुनामा पठाएको हो । घटनामा जोडिएका सूर्य भुजेल भने सर्वोच्च अदालतबाट बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत रिहा भएका थिए । अदालतले फरार आरोपितको हकमा समान म्याद काट्ने भनी आदेश गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पत्रकार महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ, बाम गठबन्धनको प्यानलै विजयी (कस्को कति… पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा ४ को उम्मेद्वारी, कुल ४९ ले… हिमालय सीमापार वाणिज्य संघको अधिकांश पदाधिकारी निर्विरोध नेपाल पत्रकार महासंघ चुनाव: केन्द्रीय समितिमा अध्यक्षसहित सिन्धुबाट ५ काे… धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो