आईतबार, फागुन ४, २०८१
गृहपृष्ठसमाचारफेसबुकमा अरुलाई लोभ्याउने स्टाटस राख्न मन छ ? यो पढ्नुहोस्

फेसबुकमा अरुलाई लोभ्याउने स्टाटस राख्न मन छ ? यो पढ्नुहोस्


काठमाडौं– सामाजिक सञ्जाल हाम्रो जीवनको अभिन्न अंग भइसकेको छ । फेसबुक, टिकटक, एक्स, इन्स्टाग्राम हाम्रो दैनिकी जस्तै भइसकेको छ । हामी यी सामाजिक सञ्जालमा दैनिक फोटो, भिडिओ, स्टाटसहरु सेयर गर्ने गरेका छौं । हामी आफूले राखेका यी सामाग्रीहरुमा बढीभन्दा बढी लाइक कमेन्ट आओस् भन्ने चाहान्छौं । तपाईं पनि सामाजिक सञ्जालमा सामाग्रीहरु सेयर गर्नुहुन्छ र बढीभन्दा बढी मानिसललाई इम्प्रेस गर्न चाहानुहुन्छ भने तपाईंको लागि यो लेख निकै उपयोगी सावित हुनेछ ।

पछिल्लो समय युवा पुस्तामाझ सायरीहरु निकै लोकप्रिय हुँदै गएको छ । फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा सायरी सहितको भिडियो बनाएर राख्नेहरु बढ्दै गएका छन् । फेसबुकमा आफ्नो फोटो राख्दा होस् या कसैलाई जन्मदिनको शुभकामना दिन नै किन नहोस् यस प्रकारका सायरी तथा स्टाटस प्रयोग हुने गरेको पाइन्छ ।

साहित्यमा चासो राख्ने तथा नराख्नेहरु सबै यस प्रकारका सायरी राखेर आफ्ना भावनाहरु फेसबुकको वालमा पोस्ट्याएको देख्न सकिन्छ ।  फेसबुक सायरी तथा मायाका अनेक ग्रुपहरुमा यस प्रकारका पोस्टहरु देख्न सकिन्छ । तपाईं पनि साहित्यमा चासो राख्नुहुन्छ वा फेसबुकमा राम्रो क्याप्सन राखेर आफ्ना साथीसंगीलाई इम्प्रेस पार्न चाहानुहुन्छ ।

त्यसो हो भने तपाईंको लागि नेपाली सायरी तथा ललभ स्टाटस तपाईंको लागि अत्त्यन्तै उपयोगी सिद्ध हुन्छ । यसमा लाखौ सायरी स्टाटस, गीता ज्ञान, चाणक्य नीति, विश्व प्रसिद्ध भनाइ लगायतको संग्रह रहेको छ । प्रत्येक दिन यसबाट आउने प्रेरक भनाइले तपाईंको जीवनमा उत्साह थप्नेछ । तपाईं एण्ड्रोइड प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंको लागि यो एप्स निकै उपयोगी सावित हुनेछ । यो एप्स डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । हाललाई एप्स एण्ड्रोइड प्रयोगकर्ताहरुको लागि मात्र उपलब्ध छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!