शुक्रबार, वैशाख ७, २०८१
गृहपृष्ठराजनीतिसुनकोशीमा तीन दिनदेखि तालाबन्दी, सेवाग्राही मर्कामा

सुनकोशीमा तीन दिनदेखि तालाबन्दी, सेवाग्राही मर्कामा


सिन्धुपाल्चोक – गाउँपालिका केन्द्रको विवादको विषयले सुनकोशी गाउँपालिकामा तालाबन्दी भएको छ । तीन दिनदेखि तालबन्दी हुँदा सेवाग्राही मर्कामा परेका छन् । सुनकोशी गाउँपालिका स्थायी केन्द्र भवन संघर्ष समितिको नामबाट पालिकाको केन्द्र सुनकोशी–५ सुनखानीमा हुनु पर्ने भन्दै संघर्ष समितिको नामबाट तालाबन्दी भएपछि सेवाग्राही मर्कामा परेका हुन् । मंगलबारदेखि लागेको ताला बिहीबारसम्म खुलेको छैन । कार्यालयमा तालाबन्दी भएपछि कामका लागि आउने सेवाग्राहीहरू फर्कन बाध्य भएका छन् ।

सुनकोशी गाउँपालिकाको माघ २९ गते बसेको १४ औ बैठकले गाउँपालिकाको प्रशासनिक भवन सुनकोशी गाउँपालिका–३ कालिकाको देविथान डाँडामा बनाउँनका लागि गाउँसभामा पेश गर्ने बहुमतबाट निर्णय भएको थियो ।

सुनकोशी गाउँपालिकाको मध्यभाग सुनकोशी–५ सुनखानीमा हुने भन्दै स्थानीयवासीले लामो समयदेखि सुनखानीमा नै प्रशासनिक भवन बनाउनका लागि दबाब दिँदै आएका थिए ।


क्याटेगोरी : राजनीति, समाचार, समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!