विद्यालय, बजार र पुल जाेगाउने प्रयास, तार जाली भर्न सुरु

मेलम्ची । अविरल वर्षाका कारण हेलम्बु गाउँपालिका ४ मा रहेकाे सरस्वती माविकाे एउटा भवन बगाएको छ । शुक्रबार सरस्वती माविकाेे भवन बगाएपछि अन्य भवन र बस्ती जाेगाउन जनप्रतिनिधि र स्थानीयहरुले पहल थालेका छन् ।
विद्यालय भवन र बस्ती जाेगाउन सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ख का बागमती प्रदेेश सभा सदस्य कृष्णकुमार तामाङ र स्थानीयले पहल थालेका हुन् । खाेलालाई थप बस्तीमा पस्न नदिन तार जालीमा ढुंगा भरेर हाल्ने काम सुरु भएको तामाङका स्वकीय सचिव विशाल राउतले जानकारी दिए । `जिल्ला विपद् व्यवस्थापन समितिले उपलब्ध गराएकाे तार जालीमा ढुंगा भरेर थप क्षति हुन नदिन काम भइरहेको छ´, उनले भने । सरस्वती मावि र चनाैटे बजारलाई संरक्षण गर्न समितिले १८० वटा तार जाली उपलब्ध गराएकाे छ ।
सरस्वती मावि र ग्याल्थुम बजारमा बाढी पस्न नदिन ७५ थान जालीमा जनप्रतिनिधि, स्थानीय , सेना, शसस्त्र प्रहरीले ढुंगा भर्न थालेका छन् । यस्तै चनाैटे बजार र चनाैटेेमा रहेको बेलिब्रिज जाेगाउन १०५ थान तारजाली आजै भरिने पनि राउतले जानकारी दिए । जेसिबीकाे सहायताले खाेलालाई बस्तीमा छिर्न नदिन काम थालिएको छ। तर मेलम्ची खाेेलामा आएको बाढीले खाेला छेउका बस्ती, खेत, सडकहरु धमाधम काटिरहेकाे स्थानीयले बताएका छन् । हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार बाढीले खण्डहर बनाएका धेरै घरहरु बगाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस