हेलम्बुकाे सरस्वती मावि उच्च जोखिममा

मेलम्ची ।अविरल बर्षाका कारण सिन्धुपालचोकको हेलम्बु ,मेलम्ची क्षेत्रमा बाढिले क्षति गरेको छ ।
विगत चारदिनदेखीको लगातारको बर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । हेलम्बु गाउँपालीकाको पहलमा सडक खुलाउने कार्यलाई अघी बढाइएपनी निरन्तर बर्षाको कारण यो सम्भव भएको छैन ।मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानिय श्याम चालीसेले जानकारी दिए । पानी परिरहेकाले सडक मर्मत गर्न समस्या रहेको नगरपालिकाले जनाएको छ ।
यता निरन्तर बर्षाका कारण हेलम्बु–४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय खोलामा परिणत भएको छ भने कक्षाकोठा उच्च जोखिममा परेको हेलम्बु गाउँपालीका उपाध्यक्ष अप्सरा लामीछानेले बताईन्। ‘अहिले विद्यालयका फर्निचर लगायतका सामान सार्ने काम भइरहेको छ ।’ उनले भनिन् ‘बर्षा नरोकिएकोले विद्यालय सहित ग्याल्थुम बजारनै जोखिममा परेको छ ।’
पानी पर्न सुरु गर्नासाथ स्थानियहरु त्रसित बन्दै खोलो हेरेर बस्नुपर्ने अवस्था रहेको उनको भनाई छ । बाढीले ग्याल्थुममा परिक्षा दिन जाने परिक्षार्थीलाई समस्या भएका स्थानिय श्याम लामिछानेले बताए । ।सरस्वती माध्यमिक विद्यालयको पढाई आज बन्द रहने प्रधानाध्यापक कुमार घोरासैनिले बताए ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस