निर्माण व्यवसायी संघकाे पदाधिकारी सर्वसम्मत चयन, सदस्यकाे निर्वाचन भाेलि

चाैतारा । निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकको सातौ जिल्ला अधिबेशनले सर्वसम्मत रुपमा पदाधिकारी चयन गरेको छ । विभिन्न दलमा आबद्द व्यसायीहरुले सहमतिमा पदाधिकारी चयन गरेका हुन् ।
सदस्यहरुकाे भने भाेलि जिल्ला सदरमुकाम चाैतारामा निर्वाचन हुँदैछ ।
पदाधिकारीमा अध्यक्षमा दिपेन्द्र थापा, प्रथम उपाध्यक्ष सगुन श्रेष्ठ ,द्वितीय उपाध्यक्ष मोहन श्रेष्ठ, तृतीय उपाध्यक्ष घनस्याम नेपाल ,महासचिव जयचन्द्र लामा, सचीव डबले लामा, कोषाध्यक्ष बालसुन्दर कटुवाल र सह कोषाध्यक्ष राजेन्द्र विक्रम थापा लगायत चयन भएका छन् ।
संघकाे अधिवेशनकाे उद्घाटन आज भएको हाे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस