निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको अध्यक्षको उम्मेदवारी दर्ता शूल्क १ लाख १ हजार

चौतारा । निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको निर्वाचनका लागि उम्मेदवारी दर्ता शुल्क अध्यक्षका लागि १ लाख एक हजार तोकिएको छ । बिहीबार हुने निर्वाचनका लागि अध्यक्षमा उम्मेदवारी दर्ता गराउनेका लागि सो शुल्क तोकिएको हो । यद्यपि अध्यक्ष भने सर्वसम्मत रुपमा चयन भइसकेका छन् । संघले दिपेन्द्र थापालाई अध्यक्ष चयन गरेको हो ।
यस्तै उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षको उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकिएको छ । यस्तै सदस्यमा भने २५ हजार तोकिएको छ । बिहीबार हुने निर्वाचनमा पदाधिकारीमा लगभग सहमति नजिक पुगेको बताइएको छ । सदस्यहरूका लागि भने निर्वाचन हुने तय भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस