बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठसमाचारबेदबहादुर श्रेष्ठ सर्वसहमत केन्द्रीय सदस्यमा सिफारिस

बेदबहादुर श्रेष्ठ सर्वसहमत केन्द्रीय सदस्यमा सिफारिस


युवा व्यवसायी बेदबहादुर श्रेष्ठलाई आमामी चैत्र २८ र २९ गते हुने नेपाल उद्योग बाणिज्य महासंघको ५७ औँ साधारण सभाका लागि जिल्ला /नगर तर्फको खुल्ला केन्द्रिय सदस्यको उम्मेद्बार बनाउने सर्बसहमतिले निर्णय गरेकाे छ । महासंघको निति अनुरुप  जिल्लाबाट सिफारिस भएका हुन् ।

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अध्यक्ष श्री होम बहादुर बस्नेत(राजकुमार)को अध्यक्षतामा चैत्र १ गते बसेको संघको कार्यसमितिको पुर्ण बैठकले केन्द्रिय सदस्य कमल कुमार श्रेष्ठको समर्थनमा निवर्तमान अध्यक्ष बेद बहादुर श्रेष्ठ केन्द्रीय सदस्य उम्मेदवारको लागि सिफारिस गरिएको संघको अध्यक्ष होम बहादुर बस्नेतले जानकारी दिनु भयो ।

श्रेष्ठ सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अध्यक्ष रहँदा थुप्रै प्राकृतिक बिपद्काे सामना गर्नु परेको थियाे । बिपद्हरुमा उनले  निजी क्षेत्रको तर्फबाट उल्लेख्य सहयाेग गरेका थिए । संघकाे नेतृत्व कुशलतापूर्वक निर्वाह गरेका थिए । उनि सदैव निर्णयात्मक र समन्वयात्मक भूमिकामा अब्बल रहदै अएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!