चोरीको विगविगी बढ्दो सचेत रहन प्रहरीको आग्रह

मेलम्ची । मेलम्ची नगरपालिका वडा नम्बर ११ स्थित कटुञ्जेमा चोरको विगविगी बढेको भन्दै स्थानिय त्रसित भएका छन् । कटुञ्जेका विभिन्न ब्यक्तिको घरमा चोरीको प्रयास गरेको, मान्छे नबस्ने घरमा भने सुन,पैसा लगायत सामाग्री चोरी भएको भन्दै इलाका प्रहरी कार्यालय मेलम्चीमा स्थानियले उजुरी गरेका छन् ।
प्रहरी,जनप्रतिनिधि लगायतको टोलि सो ठाउँको अनुगमन तथा निरिक्षणमा गरेको थियो । इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक उत्तमसिंह भण्डारीले गाउँमा कुनै संकास्पद ब्यक्ति तथा समुह फेला परेमा,कोहि प्रति संखा भएमा समेत प्रहरीमा उजुरी गर्न आग्रह गर्दै सचेत र सजग रहन अनुरोध गर्नुभयो ।
उहाँले अन्यत्र पनि घरमा पैसा लगायत बहुमुल्य गरगहना नराख्न, सुरक्षित हुन अनुरोध गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस