सिन्धुपाल्चोक सिडिओ सरुवा : खनाल जाने, न्यौपाने आउने

नयाँ सिडिओको रुपमा रमेश न्यौपाने आउने
चौतारा–सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालको सरुवा भएको छ । उनको स्थानमा नयाँ सिडिओको रुपमा रमेश न्यौपाने आउने भएका छन् ।
गृह मन्त्रालयले शुक्रबार एकै दिन ७० सहसचिव र उपसचिवको सरुवा गर्दा सिन्धुपाल्चोकले नयाँ सिडिओ पाएको हो । खनाल र न्यौपानेसहित सबैको काज सरुवा भएको मन्त्रालयले जनाएको छ ।
नयाँ सिडिओ बनेर न्यौपाने सिन्धुलीबाट आउन लागेका हुन् । उनी त्यहाँ सिडिओकै रुपमा कार्यरत थिए । न्यौपाने सहचिव हुन् ।
सिन्धुपाल्चोकका निवर्तमान सिडिओ खनालको भने पर्सा जिल्ला सरुवा भएको हो । उपसचिव उनी पर्साको सहायक प्रमुख जिल्ला अधिकारीको बनेर जाँदै छन् ।
खनाल साढे एक वर्षभन्दा बढी समयदेखि सिन्धुपाल्चोकमा कार्यरत थिए । खनालकै नेतृत्वमा सिन्धुपाल्चोकमा तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको थियो ।
बिपद् व्यवस्थापनमा अनुभवी मानिने खनालले सिन्धुपाल्चोकमा रहँदा एक्सनमा उत्रने अधिकारी तथा समन्वयकारी भूमिका खेल्ने प्रशासकको छवि बनाएका थिए ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस