मंगलबार, माघ १७, २०७९
गृहपृष्ठसमाचारतनहुँ जिल्ला अदालतबाट पनि पल शाहलाई सफाइ

तनहुँ जिल्ला अदालतबाट पनि पल शाहलाई सफाइ


काठमाडाैँ-तनहुँ जिल्ला अदालतले नाबालिग गायिका बलात्कार मुद्दामा थुनामा रहेका अभिनेता पल शाहलाई सफाइ दिएकाे छ ।

अदालतले उनीविरुद्धकाे मुद्दामा अभियोग दाबी नपुग्ने भन्दै मंगलबार सफाइ दिएको हो।  जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा मुद्दाको अन्तिम सुनुवाइपछि उक्त फैसला भएको हो।

दुवै पक्षबाट मंगलबार दिनभर बहस भएको थियो। पलविरुद्ध नाबालिग गायिकालाई बलात्कारको आरोप लागेको थियो।

नवलपुर अदालतले पललाई यस्तै मुद्दामा अढाइ वर्ष कैदको फैसला गरेको छ।  जबरजस्ती करणीको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपायोगको मुद्दामा उनलाई नवलपुरमा सजाय सुनाइएको थियो


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!