पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदामा नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वीजयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने प्रस्ताव गरेको थियो । तर सोमबार सार्वजनिक साझा न्यूनतम कार्यक्रमको प्रतिवेदनमा भने उक्त विषय समेटिएको छैन ।
यस्तै, बैठकले सरकारले आजै सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमलाई अनुमोदन गरेको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस