बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठसमाचारराहदानी छपाइमा देखिएको समस्या समाधान

राहदानी छपाइमा देखिएको समस्या समाधान


काठमाडौं। राहदानी छपाइमा देखिएको समस्या समाधान भएको छ ।

गएको हप्तादेखि राहदानी विभागको सर्भरमा देखिएको समस्या समाधान भएको राहदानी विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी गराउनुभएको हो। अब राहदानी छपाइ र वितरणमा कुनै समस्या नहुने उहाँले सार्वजनिक गर्नुभएको सूचनामा उल्लेख छ।

आइतबार जारी सार्वजनिक सूचनामा भनिएको छ, “विद्युतीय राहदानी जारी गर्ने कार्य अन्तर्गत प्रमाणीकरण प्रक्रियामा पुस १७ गतेदेखि आएको सुस्तता हाल समाधान भएको छ ।”

अब आवेदन दिएका आवेदकले मोबाइलमा म्यासेज प्राप्त गरेपछि राहदानीका लागि सम्पर्क गर्न विभागले अनुरोध गरेको छ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!