बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारअख्तियारको ‘अफर’ : यी व्यक्ति चिन्नुस्, ५० हजार पुरस्कार जित्नुस्

अख्तियारको ‘अफर’ : यी व्यक्ति चिन्नुस्, ५० हजार पुरस्कार जित्नुस्


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानमा सघाउ पुर्याउन भन्दै एक व्यक्तिको तस्बीर सार्वजनिक गरेको छ ।

आयोगले सिसीटिभीमा कैद भएको एक पुरुषको तस्बीर सार्वजनिक गरेको हो ।

अख्तियार अनुसन्धान आयोग ऐन २०४८ दफा ३५ (क) बमोजिम व्यक्ति पहिचान गर्नका लागि उक्त रणनीति अपनाएको हो । सार्वजनिक तस्बीरका व्यक्तिलाई चिन्ने वा देख्नेले उल्लेखित नम्बरहरुमा सम्पर्क गरेर जानकारी दिए ५० हजार इनाम पाउनेसमेत घोषणा गरिएको छ ।

जसका लागि विभिन्न माध्यमहरुबाट सम्पर्क गर्न सकिने छ । सम्पर्क गर्ने व्यक्तिको नाम गोप्य राखिने पनि अख्तियारले जनाएको छ । व्यक्ति भेटिए वा पहिचान गरिएको अवस्थामा नेपालभरीका जो कोहीले सम्पर्क गर्न सकिने छ ।

यस्तो छ अख्तियारको सूचना


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!