बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठसमाचारनवजात शिशु हत्या आरोपमा युवती पक्राउ

नवजात शिशु हत्या आरोपमा युवती पक्राउ


चौतारा l नजवात शिशु हत्या गरेको आरोपमा प्रहरीले बिहीबार एक युवतीलाई पक्राउ गरेको छ ।

हेलम्बु गाउँपालिका–५ कल्लेरी बस्नेत २२ वर्षीया रबिना तामाङ नवजात शिशु हत्या आरोपमा पक्राउ परेकी हुन् । इलाका प्रहरी कार्यालय हेलम्बुले उनलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

प्रहरीका अनुसार तामाङले बुधबार राति साढे १० बजेतिर छोराको जन्म दिएकी थिइन् । शिशु जन्मनासाथ जिउँदै घाँटी थिचेर तथा मुख थुनेर मारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी शिबकुमार बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार हत्यापछि तामाङले घर नजिक ५० मिटरको दुरीमा रहेको खरबारीमा दुई फिट खाल्डो खनेर गाडेकी थिइन् । घटनाको आधा घण्टापछि राति ११ बजेतिर स्थानीय मानबहादुर तामाङ घटनाबारे प्रहरीलाई जानकारी दिएका थिए । सोही जानकारीको आधारमा प्रहरी घटनास्थल पुगेको थियो ।

घटनाको मुचुल्कागरी प्रहरीले शिशुको शब पोष्टमार्टमको लागि मेलम्ची अस्पताल पठाएको जनाएको छ । आरोपी तामाङका श्रीमान तीन वर्षदेखि विदेशमा रहेको प्रहरीले जनाएको छ । अबैध गर्भबाट शिशु जन्मेकाले त्यसबाट बच्न उनले हत्या गरेको प्रहरीको आशंका छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!