इम्बोस्ड प्लेट अनिवार्य, नजोडे कारबाही

काठमाडौं । संघीय सरकारले बाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सूचित गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले तोकिएका सवारीले इम्बोस्ड प्लेट जान नगरेमा कारवाही गर्ने चेतावनी दिएको छ ।
तर, सरकारले तोकेको कार्यतालिका बमोजिम इम्बोस्ड नम्बर प्लेट जडानका लागि प्रदेश सरकार अन्तरगतका यातायात कार्यालयहरु तयार छैनन् । प्लेटको गुणस्तर कमजोर भएको, पर्याप्त जनशक्ति र पूर्वाधार नभएको र यातायातको प्रणालीलाई इम्बोस्ड नम्बरसँग नजोडिएको भन्दै प्रदेश सरकार अन्तरगतका यातायात कार्यालयहरुले इम्बोस्ड प्लेट जडानमा उदासिनता देखाएका छन् ।
एक सवारी कार्यालयका प्रमुखका अनुसार विभागले चेतावनीयुक्त सूचना निकालेपनि सबैलाई तत्काल नम्बर प्लेट दिन सकिने अवस्था छैन । अहिलेसम्म स्वेच्छिक रुपमा अनलाइन फारम भरेर आउनेहरुलाई मात्रै कार्यालयहरुले इम्बोस्ड नम्बर प्लेट जडानको सेवा सेवा दिइरहेका छन् ।
‘विभागले आगामी असारसम्म तोकिएका सवारीमा प्लेट जडान नगरे साउनबाट कारवाही थाल्ने चेतावनी दिएको छ, यसका कारण यातायात कार्यालयमा एकाकएक भीड बढ्यो भने चाप थेग्न नसकेर दिइरहेको सेवा पनि दिन सकिंदैन,’ ती अधिकारीले भने । अब दैनिक सवारीको कोटा संख्या तोकेर सेवा दिन थालिने उनले बताए ।
विभागले सूचना विपरीत अधकांश कार्यालयले सवारीमा स्वेच्छिक रुपमा मात्रै इम्बोस्ड प्लेटको जडान गरिरहेका छन् । सवारी धनीले पनि चर्को मूल्यका कारण इम्बोस्ड प्लेट जडानक गर्न चासो दिएका छैनन् ।
सरकारले इम्बोस्ड प्लेट जोड्न दुईपांग्रेको हकमा २५ सय, टेम्पोलगायत तीनपांग्रे साना सवारीमा यो प्लेट जोड्न दुई हजार ९ रुपैयाँ र कार, जिप, भ्यान र ट्याक्टरलगायत चारपांग्रेलाई ३२ सय रुपैयाँ शुल्क तोकेको छ । ठूला सवारीले इम्बोस्ड प्लेट राख्न ३६ सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस