आईतबार, असार १९, २०७९
गृहपृष्ठसमाचारबाह्रबिसे नगरकाे पहिलाे बैठक – आगलागीका घटनाबाट बचाउन दमकल खरिद गर्ने

बाह्रबिसे नगरकाे पहिलाे बैठक – आगलागीका घटनाबाट बचाउन दमकल खरिद गर्ने


बाह्रबिसे । बाह्रबिसे नगरपालिकाले नगर भित्रका दिर्घ राेगीहरूकाे लागि निशुल्क स्वास्थ्य परीक्षण तथा ओैषधि उपचार गर्ने भएको छ ।

नवनिर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले शैक्षिक क्षेत्रको बिकास र नगर भित्र प्राविधिक शिक्षालयको बिकासमा जोड दिने मेयर बालकृष्ण बस्नेतले बताए ।

त्यस्तै सामुदायिक विद्यालयको ८ कक्षा सम्म निशुल्क खाजा कार्यक्रम लागू गर्ने, आगलागी जस्ता घटनाबाट उद्दार गर्न वारूण यन्त्र दमकल खरिद गर्ने भएको छ । यसअघिसम्म सिन्धुपाल्चोकका क्षेत्र नम्बर १ मा कतै पनि दमकल थिएन ।

त्यस्तै ,बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रको विकास र स्वास्थ्य सेवामा सुधार गर्दै क्षेत्रीय स्वास्थ्य केन्द्र बनाउन जोड दिने र कृषि तथा पशुपालन र कृषकलाइ प्राथमिकता दिदै उत्पादन र बजारीकरणको ब्यवस्थापनमा सहज गरिने निर्णय गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!