आईतबार, असार १९, २०७९
गृहपृष्ठराजनीतिसुनकोसीको अध्यक्षमा एमालेका टपिन्द्र र उपाध्यक्षमा कांग्रेसकी कान्छीमाया निर्वाचित

सुनकोसीको अध्यक्षमा एमालेका टपिन्द्र र उपाध्यक्षमा कांग्रेसकी कान्छीमाया निर्वाचित


चौतारा । सुनकोसी गाउँपालिका नेकपा एमालेले कब्जा गरेको छ । गत स्थानीय निर्वाचनमा कांग्रेसले आफ्नो बनाएको उक्त गाउँपालिकामा एमालेका टपिन्द्र तिमल्सिना निर्वाचित भएका छन् ।

उनले पाँच हजार ९३२ मत ल्याएका छन । उता उनका निकटतम प्रतिद्वन्द्वी श्रवण कुमार जिसीले पाँच हजार ७९१ मत ल्याएका छन् ।

यता, उपाध्यक्षमा भने नेपाली कांग्ेसकी कान्छीमाया तामाङले जित निकालेकी छिन् । उनले एमाले माओवादी गठबन्धनकी उम्मेदवार दुर्गा थापालाई पराजित गरेकी हुन् । कान्छीमायाले पाँच हजार ९०५ मत ल्याइन् भने थापाले चार हजार ९७५ मत ल्याइन् ।

सुनकोसीम माओवादी र एमलेको गठबन्धन थियो भने कांग्रेस एक्लै चुनावी मैदानमा थियो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!