शुक्रबार, भदौ ३, २०७९
गृहपृष्ठराजनीतिआठ वडामा ६ वटा जित्दा सुवास किन हारे !

आठ वडामा ६ वटा जित्दा सुवास किन हारे !


बलेफि । बलेफि गाउँपालिकाको चुनावी परिणामले नेपाली कांग्रेसका आम कार्यकर्तालाई आश्चर्यमा पारेको छ । ८ वटा वडा भएको बलेफिमा कांगेसले ६ वटा वडा र एक उपाध्यक्ष निर्वाचित हुँदा अध्यक्षका उम्मेदवार सुवास तिमल्सिना भने पराजित भएका छन् ।

उनी माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष गंगा तामाङ भन्दा ५ सय बढी मतले पराजित भएका छन् । जहाँ माओवादीले जम्मा एउटा वडा मात्रै जितेको छ । वडा नम्बर ४ मा माओवादीले जित निकालेको हो । अन्य वडामा माओवादी दोस्रो र तेस्रोमा खुम्चनुपरेको छ । यति हुँदा हुँदै पनि माओवादी केन्द्रले अध्यक्ष जित्नुलाई चासोका साथ हेरिएको छ ।

कांग्रेस भित्रको आन्त्तरिक कलहलाई हेर्ने हो भने कांग्रेसको गाउँपालिका अधिवेशनमा दुई खेमा भएर कांग्रेस लडेकै हो । जसमा झनक तिमल्सिना र रामकुमार तामाङ सभापतिको प्रतिस्पर्धामा थिए । झनक ६ मतले पराजित भए । पराजित भएपनि चुनावमा तिमल्सिनालाई झनकले भरपुर सहयोग गरेका थिए । उनी सुवासले टिकट पायो भन्दैमा खुशी थिए । किनकि टिकटकै विषयमा २०७४ देखि रामकुमार र झनकको दावी रहँदै आएको थियो । ०७४ मा अन्तिम समयमा आएर रामकुमारले टिकट पाएका थिए । त्यतिबेला टिकट नपाएको रिसमा झनक चुनावी कार्यक्रममा सहभागी नभएपनि उनले कांग्रेस हराउन नलागेको बताइन्छ । तर चुनावी परिणाम आएपछि रामकुमार ५ सय बढी मतले पराजित भए र त्यसको दोष झनकलाई लगाए । झनकले रामकुमार हराउन लागे लागेनन् थाहा छैन् तर त्यतिबेला अध्यक्ष रामकुमार र उपाध्यक्ष गीता नेपालको मत बराबरी जसो थियो । त्यसैले काँंग्रेसको मत नै त्यति हो भन्दा फरक नपर्ला । किनकि बलेफिमा कांग्रेस कमजोर अवस्थामा नै थियो । अहिलेपो एमाले फूटको फाइदा केही मात्रामा कांग्रेसलाई भयो । त्यसैले ०७४ मा एउटा वडा जितेको कांग्रेसले अहिले ६ वटा वडा जितेको प्रमाण हो ।

अहिले पनि झनक, रामकुमार र सुवास नै टिकटका दाबेदार थिए । झनक केन्द्रीय सदस्य बस्नेत निकट नभएका कारण उनले टिकट पाउने सम्भावना थिएन । कांग्रेसमा संगठन बनाउने भन्दा पनि नेताका निकटले टिकट पाउँदै आएको कुरा सर्वविदितै छ ।

अहिले पनि झनक, रामकुमार र सुवास नै टिकटका दाबेदार थिए । झनक केन्द्रीय सदस्य बस्नेत निकट नभएका कारण उनले टिकट पाउने सम्भावना थिएन । कांग्रेसमा संगठन बनाउने भन्दा पनि नेताका निकटले टिकट पाउँदै आएको कुरा सर्वविदितै छ । त्यसमा रामकुमार र सुवास थिए । सुवास कांग्रेसका राजनीतिमा नयाँ थिए । रामकुमार गाउँपालिका सभापति भाइसकेका र ०७४ मा पराजित उम्मेदवार थिए । त्यसमा नेताको रोजाईमा सुवास परे । सुनिन्छ सुवासबाट केही नेताहरुले आर्थिक लाभसमेत लिएका छन् । सायद त्यसैको परिणाम टिकट सुवासले पाए ।

टिकट पाउनसम्म एउटा लडाई हुन्छ । जब टिकट पाइसकेपछि आफ्नो उम्मेदवारलाई जिताउनु कांग्रेसका समान्य कार्यकर्ताको समेत दायित्व हुन्छ त्यसमा रामकुमारको नरहने कुरै भएन । तर उनी मनोनयन दर्तामा समेत गएनन् । टिकट नपाएको रिस उनलाई भएपनि उनी अध्यक्षका दाबेदार मात्रै थिएननन् उनी बलेफि गाउँपालिकाका सभापति समेत थिए । त्यसैले उनले मनोनयन दर्तामा नगएर गल्ती गरे । हुनत उनले बोलाएन के जानु भन्ने जवाफ दिने गरेका छन् । तर बोलाउनुपर्ने सबै नेता कार्यकर्तालाई उनले हो अरुले होइन यो कुरा उनले भुलेको देखिन्छ ।

अर्को तर्फ चुनावी कार्यक्रमहरुमा पनि उनको सहभागिता न्यून रह्यो । उनले म कांग्रेसलाई जिताउन लागि परेको छु भने पनि उनले धेरै समय कोठामै बसेर खाइपीइमा बिताएको उनी निकट बताउँछन् । अहिले उनले बोलेको एउटा अडियो समेत भाइरल भइरहेको छ । जसमा उनले म जित्न दिन्न समेत भनेका छन । यद्यपि त्यो भिडियो उनले बोलेको हो वा उनलाई फसाउन त्यो भने अनुसन्धानको विषय बन्ला ।

अर्को कुरा उपाध्यक्षको मतले पनि सुवासलाई हराइएको भन्दा अन्यथा नहोला । एउटै पार्टीबाट चुनावमा उममेदवार भएकी सरु लामाको मत तीन सय भन्दा बढी छ । उता माओवादीको गठबन्धनमा रहेको दल समाजवादीबाट उठेका उपाध्यक्षका उम्मेदवार ढालबहादुर थापाको मत २४ सय १८ मात्रै छ । यसलाई हेर्ने हो भने पनि माओवादीको मत सरुलाई परेको देखिन्छ । उपाध्यक्षले माओवादीसाग साँठगाँठ गरेर अध्यक्षलाइ हराएको प्रष्ट देखिन्छ । हुन त उपाध्यक्षकी उम्मेदवार सरुका श्रीमान प्रितम तामाङले अध्यक्ष र उपाध्यक्षको भोट साट्नुपर्छ भन्दै माओवादी उममेदवारलाई भनेको कुरा सुन्नमा आएको छ । यसबारे पछि पार्टी पंक्तिले पक्कै केही गर्ला नै ।

अर्को तामाङ र बाहुन क्षेत्रीको लडाई
जातीयता यसरी गाडिएको छ । त्यसबाट आजसम्म मानिसहरु निक्लन सकेका छैनन् । बलेफिमा तामाङ समुदायलाई सदियौंदेखि हामीलाई पछि पारियो बाहुन क्षेत्रीले भन्ने भ्रम पनि छ । बलेफिमा तामाङ समुदायको भोट धेरै छ त्यसैले तामाङ तामाङ मिल्नुपर्छ भन्ने हिसाबले पार्टी नहेरेर जातीय भोट हालेको हुन सक्ने अनुमान पनि गर्न सकिन्छ ।तर जातीय द्वन्द्वले अन्तिममा समाजमा तल पारिएका भनिएकालाई पिरोल्नेछ । त्यसैले विचार भन्दा ठूलो अरु हुन्न भन्ने कुरा कांग्रेसीले बुझ्न जरुरी छ । कांग्रेसभित्र बसेर अन्यत्र भोट हाल्नेलाई समयले माफ दिएपनि कांग्रेस कार्यकर्ताले कहिल्यै माफ गर्नेछैनन् ।

अर्को केही वडामा वडाध्यक्ष लाई मत गएको तर अध्यक्षलाई नआएको देखियो । यसमा वडाका हिसाबले को राम्रो को नराम्रो भन्ने हिसाबले मत दिएपनि धेरै नै फरक पर्नु भनेको त्यसभित्र केही षडयन्त्र छ भन्ने नै हो । त्यो पनि वडाको मतमा देखिएको छ । अर्को टाउको (अध्यक्ष) लाई नदिएर अन्यत्रमा मत हालिएका मतपत्र पनि भेटिएका छन् । यो सामान्य कार्यकर्ताले भन्दा पनि नेताहरुले नै गरेको महापाप हो ।

भलै सुवासलाई सबै मिलेर पराजित गरे होलन् तर उनी नेता भएका छन् । उनले ४१ सय बढी मत ल्याएका छन् । ४१ सय जनताले पत्याएका उनको धेरै दायित्व छ । उनीहरुका आवश्यकताहरुको निरन्तर निगरानी गर्नु सुवासको कर्तव्य हो । त्यसका साथै गाउँपालिकाले गर्ने हरेक कामको `वाचडग`को जिम्मेवारी उनलाई छ । उनले कस्तो भूमिका खेल्छन् भाेलि देखिने नै छ । तर समय बलवान छ एकदिन सुवासकै वरिपरि समय घुम्न जाँदा सुवासलाई हराउनेहरु कहाँ जालान हेर्न बाँकी छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!