एमाले कार्यकर्ता पर्खालबाट फाल हालेपछि ज्यामिरेमा मतदान रोकियो

मेलमची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ९ मा मतदान रोकिएको छ ।
इच्छाएको व्यक्तिलाई मत दिने विषयमा दुई पार्टीका प्रतिनिधि बीच विवाद भइराख्दा पर्खाल नाघेर एमाले कार्यकर्ता मतदानस्थल प्रवेश गरेपछि मतदान रोकिएको हो ।
गोल्मास्थान स्वास्थ्य चौकी मतदान केन्दमा बसेका नेकपा माओवादी र नेपाली कांगेसका प्रतिनिधिबीच इच्छाएको व्यक्तिलाई मत दिने भन्ने विवाद भइराख्दा एमाले कार्यकर्ता भित्र छिरेपछि विवाद भएको छ ।
अहिले उक्त मतदानस्थलमा मतदान रोकिएको छ । यसअघि बिहान पनि कांग्रेस एमाले कार्यकर्ताबीच विवाद हुँदा मतदान रोकिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस