सोमबार, जेठ २, २०७९
गृहपृष्ठसमाचारजिल्ला प्रसासन कार्यलय सिन्धुपाल्चोकको केही सेवाहरु १६ गते सम्मलाई स्थगीत

जिल्ला प्रसासन कार्यलय सिन्धुपाल्चोकको केही सेवाहरु १६ गते सम्मलाई स्थगीत


चाैतारा । जिल्ला प्रसासन कार्यलय सिन्धुपाल्चोकबाट प्रवहा भइरहेको केही सेवाहरु स्थगित गरेको छ ।

कार्यलयको अग्रपङ्तीमा काम गर्ने कर्मचारीलाई कोरोना संक्रमण भए पछि सेवा प्रवहा स्थगित भएको एक सुचना निकालेर जानकारी गराएको छ । कार्यलयबाट हुने नयाँ नागरिकता वितरण, प्रतिलिपि नागरिकता वितरण लगायत प्रमुख जिल्ला अधिकारीले नै दस्तखत गर्नुपर्ने सेवाहरु माघ १६ गते आइतबार सम्मका लागि स्थगित गरेको सुचनामा जनाएको छ ।

“विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियण्ट ओमिक्रोन सहितको संक्रमणको दर अधिक रुपले बढिरहेको वर्तमान सन्दर्भमा यस कार्यालयका ४ जना अग्रपङ्तीमा काम गर्ने कर्मचारीलाई समेत कोरोना संक्रमण पुष्टी भई हाल सुरक्षित रुपमा होम आइशोलेसनमा रहनु भएको र कार्यालयका अन्य कर्मचारीहरुमा समेत कोरोनासँग मिल्ने विभिन्न लक्षणहरु देखा परेको स्थिति समेतलाई मध्यनजर गरी मिति २०७८-१०-१० गते सोमबार देखि मिति २०७८-१०-१६ गते आइतबार सम्मका लागि सेवाहरु लागि स्थगित गरेको ” सुचनामा जनाएको छ ।

स्थगित सेवाहरु:

(क) नयाँ नागरिकता वितरण ।

(ख) प्रतिलिपि नागरिकता वितरण ।

(ग) प्रमुख जिल्ला अधिकारीले नै दस्तखत गर्नुपर्ने सेवाहरु जस्तैः–पेन्सन पट्टा नामसारी, जन्म मिति, नाम थर आदि सच्याउन खडा गरिने पर्चा आदेश, सिफारिस आदि ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!