आईतबार, माघ ९, २०७८
गृहपृष्ठसमाचारसार्वजनिक स्थलमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य

सार्वजनिक स्थलमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य


सिन्धुपाल्चोक – दैनिक कोभिड संक्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सार्वजनिक स्थलमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य गरेको छ ।

मंगलबार आदेश जारी गर्दै प्रशासनले आगामी २०७८ माघ ७ गतेदेखि सार्वजनिक स्थानहरुमा (कार्यालय, होटेल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, पार्क आदि) मा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिङ विरुद्धको खोप लगाएको कार्ड देखाउनु पर्ने र खोप कार्ड हेरेर मात्रै प्रवेश दिने व्यवस्था मिलाउन निर्देशन गरेको हो ।

त्यस्तै सार्वजनिक स्थलमा सबै प्रकारको राजनीतिक तथा धेरैजना उपस्थित हुनेगरी प्रशासनिक, सामाजिक एवम् त्यही प्रकृतिको कार्यक्रम नगर्न र अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी एकै स्थानमा भेला हुनेगरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न समेत निर्देशन गरिएको छ ।

तत्काल कोभिङ बिरुद्धको खोप सबै पालिकाहरुमा लगाउने व्यवस्था मिलाईएकोले सम्बन्धित पालिकासँग समन्वय गरी बाँकी सबैले खोप लगाउन समेत आग्रह गरिएको छ । जारी आदेशमा सार्वजनिक सवारी साधनमा यात्रा गर्दा सबै यात्रुहरुले अनिवार्य मास्क लगाउनुपर्ने, जिल्ला स्थित सबै सेवा प्रदायकहरुले आफ्नो कार्यालयमा हुने भिडभाडलाई मध्यनजर गरी सेवा प्रवाहको उचित व्यवस्था मिलाउने र सेवा प्रवाह गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन भनिएको छ ।

सिन्धुपाल्चोक जिल्लामा कोभिड– १९ नयाँ भेरियण्ट ओमिकोनको संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यो निर्देशन जारी गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । ‘संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि गृह मन्त्रालयको निर्देशन, संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी जिल्लाका सबै स्थानीय तहहरुमा निम्नानुसारका शर्तहरु पूर्ण रुपमा पालना गर्ने गरी पुस २८ गते देखि माघ १५ गते सम्मको लागि आदेश जारी गरिएको हो’, उनले भने ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!