शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठसमाचारभक्तपुरमा भएको मोटरसाइकल दुर्घटनामा सिन्धुपाल्चोकका एक युवकको मृत्यु

भक्तपुरमा भएको मोटरसाइकल दुर्घटनामा सिन्धुपाल्चोकका एक युवकको मृत्यु


मंगलबार बिहान भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

सिन्धुपाल्चोक स्थायी घर भइ भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

बिहान ४:१५ भएको दुर्घटनामा बजे बागमती प्रदेश ०३–०२७ प २३५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकमा राखिएको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । उनको उपचारको क्रममा मध्यपुरथिमि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!