शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठसमाचारमुगुको गमगढीमा भीषण आगलागी, २१ घर जलेर नष्ट

मुगुको गमगढीमा भीषण आगलागी, २१ घर जलेर नष्ट


मुगु- मुगुको सदरमुकाम गमगढी बजारमा गए राति भीषण आगलागी भएको छ। आगलागीबाट २१ घर जलेर नष्ट भएका छन्।

सोही आगलागीबाट मानवीय क्षति नभएपनि धनसम्पति जलेर खरानी बनेको उनको भनाई छ । राति १२ बजे ठिल्ले तामाङको घरबाट सल्किएको आगो ५ बजेसम्म ८० प्रतिशत नियन्त्रणमा आएको अझै आगो निभाउन नसकिएको भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराई भनाई छ ।

दमकल नहुँदा आगो निभाउन समय लागेको हो। ‘दमकल थिएन। स्थानीयको सहयोगमा प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेनाले पानी र माटोले आगो नियन्त्रणमा लिनुपर्दा समय लाग्यो। थप आगो फैलन नदिन एउटा घर प्रहरीले नै भत्काउनुपर्‍यो,’ भट्टराईले भने।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!