बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठसमाचारचौतारा फुस्रेमा मिनी ट्रक दुर्घटना, एकको मृत्यु, दुई जना घाइते

चौतारा फुस्रेमा मिनी ट्रक दुर्घटना, एकको मृत्यु, दुई जना घाइते


चौतारा- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ फुस्रेमा आइतबार मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको जुगल गाउँपालिका–२ गोल्चे निवासी ३४ वर्षीय सीताराम दोङ रहेका छन् । गम्भीर घाइते एक जनालाई वीर अस्पतालको ट्रमा सेन्टरमा पठाइएको छ ।

सामान्य घाइते एकको चौतारा अस्पतालमा उपचारपछि घर फर्केको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

आलु लोड गरिएको बा ५ ख ६५६३ नं को मिनी ट्रक पाँचपोखरी थाङपालतर्फ जाँदै गर्दा सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कच्ची सडकमा साँघुरो र उकालोसमेत भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!