बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठसमाचारदेशभर चिसो बढिरहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह

देशभर चिसो बढिरहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह


देशभर चिसो बढिरहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो।

महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागको मौसम सामान्यतया सफा रहेको जनाइएको छ।

आज देशको प्रदेश नम्बर १ र प्रदेश नम्बर २ का भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

 


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!