शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठसमाचारआजदेखि १२ औँ राष्ट्रिय जनजणना शुरु

आजदेखि १२ औँ राष्ट्रिय जनजणना शुरु


काठमाडौं- मेरो गणना मेरो सहभागीता’ मूल नाराकासाथ आजदेखि १२ औँ राष्ट्रिय जनजणना शुरु हुनेभएको छ । जनगणनाका लागि केन्द्रीय तथ्याङ्क विभागले ४० हजार जना गणक खटाउने भएको छ ।

तथ्याङ्क विभागका प्रवक्ता तीर्थराज चौलागाइँले बिहीबारदेखि शुरु हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटाइने जानकारी दिनुभयो । त्यस्तै जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर आठ हजार पाँच सय जना सुपरीवेक्षक खटाइएको उहाँले बताउनुभयो ।

४० हजार जना गणकले हरेक घर परिवारमा औसत २० मिनेट लगाउनुहुनेछ भने कुल ८० प्रश्न सोध्नुहुनेछ । एक जना गणकले एक परिवारमा औसत २५ देखि ३० मिनेट लगाउनु हुने प्रवक्ता चौलागाइँले बताउनुभयो । यसपटक जनगणनाका लागि काठमाडौं जिल्लामा ट्याबलेट कम्प्युटरको प्रयोग भएको छ भने कुल २२ सय ५० वटा ट्याबलेट प्रयोग हुने उहाँले बताउनुभयो ।

४० हजार जना गणकले १५ दिनमा संकलन गरिसक्नुपर्नेछ । १२ औं जनगणना २०७८ कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने भएको छ । यसका लागि हामीले यसभन्दा अगाडि घर परिवार सूचीकरण कार्यक्रम गरिसकेका छौं उहाँले भन्नुभयो । निर्वाचन क्षेत्रको निर्धारण साथै वडागत तहको विवरणको लागि र विकास निर्माणको लागि पनि जनगणनाको तथ्याङ्क आवश्यक पर्ने उहाँले बताउनुभयो ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!