शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठसमाचारचैत सम्ममा मेलम्ची पानी काठमाण्डौ आइपुग्ने -मन्त्री चौधरी

चैत सम्ममा मेलम्ची पानी काठमाण्डौ आइपुग्ने -मन्त्री चौधरी


काठमाडौं- विभिन्न समयमा भएका प्रधनमन्त्री, खानेपानी मन्त्री, मन्त्रालयका सचिव अनि खानेपानी विकास समितिले काठमाडौंमा पानी ल्याउने नयाँ भाका धेरैपटक सार्वजनिक गरे। र, पनि ती सबै भाका अनि प्रतिबद्धता झुटोमा सावित भयो।

अहिले खानेपानी मन्त्री उमाकान्त चौधरी छन्। उनले सोमबार आयोजनाको स्थलगत निरीक्षणसमेत गरे । अनि काठमाडौं फर्केर भने–‘मैले सक्ने भए मात्रै हुन्छ भन्छु, म ढाँट्दिन, त्यसैले मेलम्ची ल्याउने भाका तोक्दिन।’ स्थलगत निरीक्षणमा पुगेर आएका मन्त्रीको यो अभिव्यक्तिले पनि मेलम्ची खानेपानी लामोसमय काठमाडौं नझर्ने संकेत गरेको छ।

उसो त मन्त्री चौधरीले मेलम्चीलाई छिटो राजधानी झार्नका लागि पहलकदमी लिएका छन्। उनले अहिलेको समस्या र त्यसको समाधानका उपाय अपनाएर काम छिटो गर्ने निर्माणमा पुगेका छन्। ‘मेलम्ची आयोजना छिटो गर्न प्रधनमन्त्रीज्यूले पनि निर्देशन दिनुभएको छ, यसका लागि गृहकार्य सुरु भइसकेको छ,’ खानेपानी मन्त्री चौधरीले सञ्चारकर्मीसँग भने। बाढीले गरेको क्षतिबारे आफूले जानकारी लिइसकेको र त्यसको मर्मतका लागि तुरुन्तै पहल थालिने उनले बताए। ‘सडक, सिञ्चाईलगायतका क्षति संकलन भएको छ,’ उनले भने, ‘कार्ययोजना बनिसकेको छ, अब काम सकेपछि मात्रै मितिबारे सोचौंला ।’

मन्त्री चौधरीले अस्थायी रुपमा तत्कालका लागि भन्दा पनि दीर्घकालीन सोचका साथ काम गर्ने बताए। ‘यो दुई या तीन महिनामा अस्थायी रुपमा पानी ल्याउनुभन्दा बरु वर्ष दिन लगाएर दीर्घकालीन रुपमा पानी ल्याए समस्या समाधान हुनेथियो।’ उनले भने। उनले कसरी चाँडो गर्ने भन्नेबारे प्रधानमन्त्रीलगायत विज्ञसँग छलफल पनि भइरहेको जनाए। विज्ञको टोली पनि मेलम्चीको समस्याबारे निरीक्षण गर्न गएको ७ गते आयोजनास्थल पुगेका थिए। उनीहरुको टोलीले गएको १५ गते नै प्रतिवेदन बुझाइसकेका छन्।

सो प्रतिवेदनबारे छलफल गरेर अर्थ मन्त्रालय बुझाउने तयारीमा रहेको उनले बताए। ‘अर्थ मन्त्रालयबाट सहज रुपमा काम हुन्छ, मेलम्चीको बोर्डले निर्णय गरेको छ,’ उनले भने, ‘बोर्डले हामीलाई पठाएको छ, अब क्याविनेटमा निर्णय हुन्छ।’ उनले अबको साढे तीन महिनासम्म प्राविधिक पक्ष सल्टाएर मेलम्ची आयोजना अन्तिममा पुग्ने दावी भने गरे।

विभिन्न समयमा ठेकेदार कम्पनीलगायत सप्लायर्सहरुको समस्या समाधान नहुनुले पनि योजना सम्पन्न नभएको हो । आयोजना निर्माणका लागि नेपाल सरकारले चिनियाँ ठेकेदार कम्पनी चाइना रेलवे १५ ब्युरो गु्रप कर्पोरेसन र सिआरसीसँग सन् २००९ मा पहिलो सम्झौता गरेको थियो।

सम्झौता अनुसार काम नभएपछि ६ किलोमिटर सुरुङ खनेको उक्त चिनियाँ कम्पनीसँग सन् २०११ मै सम्झौता तोड्यो। त्यसपछि २०७३ वैशाखमा पानी काठमाडौंमा वितरण गर्ने लक्ष्यसहित इटालियन कम्पनी को–अपेराटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी)सँग सन् २०१३ मा सुरुङ र बाँधको काम सक्ने गरी नयाँ ठेक्का सम्झौता गरियो । मार्च २०१८ सम्मको लागि थप समयसीमा तोकिएको सीएमसीले लक्ष्य अनुसार काम गरेन ।

सम्झौता अनुसार काम नभएपछि ६ किलोमिटर सुरुङ खनेको उक्त चिनियाँ कम्पनीसँग सन् २०११ मै सम्झौता तोड्यो। त्यसपछि २०७३ वैशाखमा पानी काठमाडौंमा वितरण गर्ने लक्ष्यसहित इटालियन कम्पनी को–अपेराटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी)सँग सन् २०१३ मा सुरुङ र बाँधको काम सक्ने गरी नयाँ ठेक्का सम्झौता गरियो । मार्च २०१८ सम्मको लागि थप समयसीमा तोकिएको सीएमसीले लक्ष्य अनुसार काम गरेन ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!