शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठसमाचारहेलम्बुमा बस दुर्घटना, १ काे मृत्यु र ५ जना घाइते घाईते (अपडेट)

हेलम्बुमा बस दुर्घटना, १ काे मृत्यु र ५ जना घाइते घाईते (अपडेट)


हेलम्बु- हेलम्बु ७ इचोक बाट काठमाडौको लागि छुटेको यात्रुबाहक बस इचोकमा दुर्घटना भएको छ ।

सिन्धु हेलम्बु यातायात प्रालिको  बा ४ख ५८१५ नम्बरको बस हेलम्बुको इचोकमा दुर्घटना भइ एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

मृत्यु हनेमा हेलम्बु ३ पाल्चोककी  ५५ बर्षिय महिला पासाङ तामाङ रहेको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ ।

घाइतेहुनेमा हेलम्बु ६का अनुज तामाङ, सोहि ठाउँमा पासाङ दोर्जे , साजन तामाङ, जङ्बु तामाङ, हेलम्बु ७का आयुष पण्डित रहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी नायव निरिक्षक सुनिल थापाले जानकारी दिनुभयो । घाइतेको उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ ।

बस चालकलाई  प्रहरीले  नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ । ब्रेक फेल भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!