शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठसमाचारबालबालिकाका लागि एक करोड खोप खरिद गर्ने निर्णय

बालबालिकाका लागि एक करोड खोप खरिद गर्ने निर्णय


काठमाडौँ-  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बालबालिकाका लागि एक करोड खोप खरिद गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ६० लाख फाइजर खोप र ४० लाख मोर्डना खोप खरिदका लागि मन्त्रिपरिषद्ले निर्णय गरेको बताउनुभयो । ‘‘अब फाइजर र मोर्डना खोप छिट्टै आउनेछ,’’ मन्त्री खतिवडाले भन्नुभयो, “मन्त्रिपरिषद्ले खोप ल्याउने निर्णय गरेसँगै खोप आइहाल्छ ।”

सरकारले खोप खरिदका लागि रकमसमेत भुक्तानी गरिसकेको छ । मोर्डना र फाइजर खोप १२ वर्षदेखि माथिकालाई लगाउन सकिन्छ ।

यसअघि अमेरिकाबाट कोभिडविरुद्धको एक लाख मात्रा खोप नेपाल आइसकेको छ । यसअघि एक लाख ६२० मात्रा खोप कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट नेपाल आएको हो ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!