शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठसमाचारचीनले नेपाली सेनालाई दियो ३ लाख डोज खोप

चीनले नेपाली सेनालाई दियो ३ लाख डोज खोप


काठमाडौँ –चीनले नेपाली सेनालाई ३ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप दिएको छ ।

चीनको जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई सहयोग स्वरुप १० थान भेन्टिलेटर तथा १०० थान अक्सिजन कन्सन्ट्रेटर सहित तीन लाख डोज खोप प्रदान गरेको हो ।

सोमबार जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि चीनका राजदूत होउ यान्छीले प्रधान सेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी हुन् ।

खोप हस्तान्तरण कार्यक्रममा प्रधान सेनापति महारथी शर्माले यस सहयोगको लागि मित्रराष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद दिएका छन् ।

चीनले नेपाललाई कोरोनाविरुद्धको खोप र स्वास्थ्य सामग्री अनुदानमा सहयोग गर्दै आएको छ। यस किसिमको सहयोगबाट दुई देशका सेनाबीच रहेको सम्बन्ध थप मजबुद हुने विश्वास पनि लिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!