बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठसमाचारप्रधानन्यायाधीश जबराले आफूसहितको इजलास तोके

प्रधानन्यायाधीश जबराले आफूसहितको इजलास तोके


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूसँग भएको अघोषित सहमति विपरित सोमबार आफ्ना लागि इजलास तोकेका छन् । तिहार बिदा सकिएर अदालत खुलेको पहिलो दिन सोमबार प्रधानन्यायाधीश जबराले इजलास तोकेका हुन् ।

प्रधानन्यायाधीश जबराले ६ वटा इजलास राखेका छन् । तीमध्ये उनले एउटा इजलासमा आफूलाई पनि राखेका हुन् । यद्यपि ६ वटै इजलासमा बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र छन् । प्रधानन्यायाधीश जबराले न्यायाधीश कुमार चुडालसँग देवेन्द्र थापा मगरको मुद्दामा आफूलाई इजलास तोकेका हुन् । त्यस्तै विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी तथा तेजबहादुर केसी र नहकुल सुवेदीलाई संयुक्त इजलास तोकिएको छ । त्यस्तै न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार चुडाललाई एकल इजलास तोकिएको छ ।

न्यायाधीशहरूले प्रधान्यायाधीशले इजलास छोडे बन्दीप्रत्येक्षीकरणको मुद्दा मात्रै आफूहरूले सुनुवाइ गर्ने अडान राखेका थिए। तिहार अघि केहिदिन  प्रधानन्यायाधीशले आफ्नो लागि इजलास नतोकी अरू न्यायाधीशहरूका लागि उनीहरूको माग अनुसार बन्दी मुद्दा मात्रै तोकेका थिए।

मन्त्रिपरिषद, संवैधानिक परिषद लगायतमा भाग मागेको, सर्वोच्चले गरेका फैसला देखाएर सौदाबाजी गरेको र गोलाप्रथाबाट पेसी तोक्छु भनेरपछि हटेकोलगायत विषयमा प्रधानन्यायाधीशको न्यायीक विचलन देखिएको भन्दै न्यायाधीशहरूले उनको राजीनामा मागेका थिए।

उनीहरूले राजीनामा नदिउन्जेल प्रधानन्यायाधीश राणाले तोकेका बन्दी प्रत्यक्षीकरणबाहेक कुनै पनि मुद्दा नहेर्ने अडानमा छन्।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!