शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठसमाचारसल्यान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, १७ जनाको अवस्था गम्भीर

सल्यान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, १७ जनाको अवस्था गम्भीर


सल्यान — सल्यानमा आइतबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानकाअनुसार मृत्यु हुनेमा १० महिला र २ पुरुष रहेका छन् ।

सल्यानबाट यात्रु बोकेर दाङ तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका-५ खारखोलामा दुर्घटनाग्रस्त भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा दाङको बबई गाउँपालिका–६ कि ६० वर्षकी दैली चलाउने, बबई गाउँपालिका–५ कि ६५ वर्षकी कलादेवी बुढाथोकी, सल्यानको छत्रेश्वरी गाउँपालिका–१ का तिलक वली, सल्यानकै शारदानगर नगरपालिका–२ कि प्रभा चलाउने, सोही ठाउँकी ६५ वर्षकी मीना डाँगी, शारदा नगरपालिका–३ कि ३६ वर्षकी लीला बुढाथोकी रहेका छन् ।

त्यस्तै सोही दुर्घटनामा परी रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ कि मीना शाही, दाङको शान्तिनगर गाउँपालिकाकी सावित्रा केसी र घोराही उपमहानगरपालिका–१० कि ३६ वर्षकी रुपा केसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।सल्यानका प्रहरी प्रमुख डीएसपी गोविन्द थापाका अनुसार घटनास्थलमा ६ जनाको र अस्पतालमा ६ जनाको गरी १२ जनाको मृत्यु भएको हो ।

प्रहरीले तीव्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ । बस सडकबाट २०० मिटर तल खसेको थियो । तिहार मनाएर शहरतर्फ फर्किँदै गरेकाहरु दुर्घटनामा परेका हुन् ।

प्रहरीकाअनुसार फरार बस चालकको खोजी कार्य जारी रहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!