शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठसमाचारके भयो मन्त्री रामकुमारी झाँक्रीलाई ? वीर अस्पतालमा उपचार चल्दै

के भयो मन्त्री रामकुमारी झाँक्रीलाई ? वीर अस्पतालमा उपचार चल्दै


कार्तिक ११, काठमाडौ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन् । बुधबार साँझ वीर अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

उनलाई मौसमी ज्वरोले सताएको झाँक्रीको परिवारले जनाएको छ । पाँच दिनदेखि रुघाखोकी लागेपछि उनी घरमै केयर गरेर बसेकी थिइन । आरामकै क्रममा उनमा निमोनियाको लक्षण देखिएपछि अस्पताल लगिएको परिवारले जनाएको छ ।

चिकित्सकले मन्त्री झाँक्रीलाई केही दिन आराम गर्न सुझाव दिएका छन् । बुधबार राति अस्पताल भर्ना भएर उपचाररत झाक्रीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!