बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठसमाचारसल्यानमा जिप दुर्घटना : एकको मृत्यु ७ घाइते

सल्यानमा जिप दुर्घटना : एकको मृत्यु ७ घाइते


कात्तिक ७। सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । दुर्घटनामा परी जिल्लाको बागचौर नगरपालिका निवासी १८ वर्षीय आशीष बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ ।

आइतबार विहान करिव ७ः ५० बजे सल्यानको बागचौरबाट दाङ तर्फ गइरहेको भे १ च १८९० नम्बरको बोलेरो जीप कपुरकोट ३ स्थित मुलपानी बनस्पति उद्यान नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले जानकारी दिएका छन् । दुर्घटनामा घाइतेहरुको उपचार प्रादेशिक अस्पताल तुल्सिपुरमा भइ रहेको छ ।

घाइतेहरुमा बागचौर नगरपालिका वडा न १ का निवासी अन्दाजी १४ वर्षीय आयुस बस्नेत, २२ वर्षीय मनोज वस्नेत, बानपा २ का अन्दाजी २७ वर्षीय सिता वली, २८ वर्षीय बविता रावल र निजको ११ वर्षीय छोरी एसिका रेउले तथा गाडी चालक बानपा २ का १९ वर्षिय हिक्मत पुन मगर रहेको प्रहरीले जनाएको छ । बबिताको अवस्था गम्भीर भए पछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

यस्तै बानपा २ कै १९ वर्षिय अर्जुन केसीको अवस्था सामान्य छ ।उनको कपुरकोट स्थित स्थानीय मेडिकलमा उपचार भइ रहेको प्रहरीले जनाएको छ । गाडी सडकबाट एक सय मिटर भन्दा तल खोल्सामा खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!