बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठसमाचारमिरा अधिकारी (लामा) को बौद्ध परम्परा अनुसार अन्त्येष्ठी गरिंदै

मिरा अधिकारी (लामा) को बौद्ध परम्परा अनुसार अन्त्येष्ठी गरिंदै


सिन्धुपाल्चोक । नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापती विकास लामा की धर्मपत्नी मिरा लामा अधिकारीको आज बौद्ध परम्परा अनुसार अन्त्यिष्ठि गरिंदैछ । लामाको पार्थिव शरिर काठमाडौको बौद्ध नयांबस्ति स्थित् जम्वो डांडामा लैजानु अघि जोरपाटी कामलवारी स्थित् माकलवारी गुम्वा परिसरमा राष्ट्रिय झण्डा तथा नेपाली कांग्रेसको झण्डा ओढाएर श्रद्धान्जली दिईएको थियो ।


ईन्द्रावती गाउँपालिकाको निर्वाचित उपाध्यक्ष समेत रहेकी मिरा लामा अधिकारीको पार्थिव शरिरमा नेपाली कांग्रेसका नेता डाक्टर प्रकाश शरण महत र मोहन वहादुर वस्नेतले पार्टीको झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरे ।

शिक्षण अस्पतालबाट लामाको शव हिजै जोरपाटी कामलवारी स्थित् माकलवारी गुम्वामा लगिएको थियो । आज गुम्वा परिसरमा भएको श्रद्धान्जली कार्यक्रममा, जिल्लाको पार्टी राजनीति तथा महिला जागरणका क्षेत्रमा राम्रो संभावना बोकेकी महिला नेतृको असामयिक निधनले अत्यन्तै मर्माहत भएको नेता द्धय डाक्टर महत र बस्नेतले बताए ।

त्यस्तै ईन्द्रावती गाउँपालिकाको निर्वाचित अध्यक्ष तथा गाउंपालीका महासंघका महासचिव वंशलाल तामाङले लामाको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर अन्तिम बिदाई गरेका थिए ।

अध्यक्ष तामाङले नेतृ लामासंग एउटै पालीकामा जनप्रतिनिधिका रुपमा सहकार्यगर्दाका अनुभव सुनाउंदै प्रजातान्त्रीक आन्दोलनमा लामाको निधनले ठूलो क्षेती पुगेको बताए । लामाको निधनमा इन्द्रावती गाउँपालिकामा आज बिदा दिइएको छ ।

नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला अध्यक्ष विकास लामाकी धर्मपत्नी मीराको निधनप्रति गाउँपालिका महासंघ, नेपाली काँग्रेस सिन्धुपाल्चोक लगायत विभिन्न पालिका तथा संघ संस्थाले दुख व्यत्त गरेका छन् । उहाँको बौद्ध परम्परा अनुसार अन्त्येष्ठी गर्नुअघि प्रकाश स्नेही र निमा लामा लगाएतका व्यक्तित्वले अन्तिम विदाई गरेका थिए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!