बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठसमाचारउपाध्यक्ष मिरा अधिकारीको निधनमा आज इन्द्रावतीमा शोक बिदा

उपाध्यक्ष मिरा अधिकारीको निधनमा आज इन्द्रावतीमा शोक बिदा


चौतारा । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा आज बिदा दिइएको छ । गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको निधन भएको शोकमा गाउँपालिकाले आज एक दिनका लागि गाउँपालिका कार्यलय, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय तथा वित्तीय संस्था बन्द गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले कार्तिक ६ गतेको कार्यालयको निर्णय अनुसार आज एक दिन कार्यालय सहित पालीका भित्रका निजी, सामुदायीक तथा सरकारी निकाय बन्द गरिएको बताए ।

क्यान्सर रोगबाट पीडित मीरा अधिकारी लामाको उपचारका क्रममा ५१ वर्षको उमेरमा शिक्षण अस्पताल महाराजगञ्जमा हिजो शनिबार निधन भएको थियो ।

नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला अध्यक्ष विकास लामाकी धर्मपत्नी मीराको निधनप्रति गाउँपालिका महासंघ, नेपाली काँग्रेस सिन्धुपाल्चोक लगायत विभिन्न पालिका तथा संघ संस्थाले दुख व्यत्त गरेका छन् । लामाको अन्त्येष्ठी आज बौद्ध परम्परा अनुसार गरिदैछ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!