शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठसमाचारयस्तो रहने छ आजको मौषमः सतर्क रहनोस्

यस्तो रहने छ आजको मौषमः सतर्क रहनोस्


कार्तिक ६ । मुलुकभर आज आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसबाहेक अन्य प्रदेशका एक÷दुई स्थानमा पनि मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ ।

प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा राति हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली भने नरहेको मौसमविद्ले जानकारी दिएका छन्।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!