बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठसमाचारराजनीतिक ‘ह्याङ’ उतार्न प्रचण्डको याफ्टिङ र जिपलाइन यात्रा (फोटो)

राजनीतिक ‘ह्याङ’ उतार्न प्रचण्डको याफ्टिङ र जिपलाइन यात्रा (फोटो)


सिन्धुपाल्चोक । परिवारका सदस्य सहित रिफ्रेसमेन्टका लागि हिजो सिन्धुपाल्चोकको सुकुटे पुगेका पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज धुलिखेलमा रहेको सहासिक खेल जिपलाइन खेलको अनुभव लिएका छन् ।

नाति नातिनी सहित आज विहान धुलिखेल पुगेका प्रचण्डले क्लासिक जिपलाइनमा चढेर सेल्फी खिचेको तस्विर र भिडियो सामाजिक सन्जालमा भाईरल भएको छ ।


साहासिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको प्रतिक्रिया दिएका छन् ।

काठमाडौबाट करिब ३५ किलोमिटरको दूरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा सञ्चालनमा छ । जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरी ११ सय मिटर रहेको छ ।


यसअघी पारिवारीक र राजनितिक ‘ह्याङ’ उतार्न ‘रिफ्रेस’ हुन भन्दै प्रचण्ड हिजो सिन्धुपाल्चोकको सुकुटे पुगेका थिए । परिवारका सदस्य सहित हिजो प्रचण्ड सुकुटेस्थित भोटेकोशी विच रिसोर्टमा बसेका थिए ।

प्रचण्डले ‘रिफ्रेस’ हुन भन्दै केहि समय भोटेकोशीमा ¥याफ्टिङ समेत गरेका छन् । माओवादीका केन्द्रिय सदस्यहरु कृष्णप्रसाद सापकोटा र माधव सापकोटा सुवोध तथा वाइसिएल पुर्व अध्यक्ष दिपशिखा सहित भोटेकोशी विच रिसोर्टमा बसेका प्रचण्डले आज काठमाडौ फर्किने क्रममा धुलिखेलको जिपलाईनको यात्रा अनुभव लिएका हुन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!